खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



खाँदबारी नगरपालिकाले बाँदर नियन्त्रणका लागि छुट्यायो बजेट


 संवाददाता   December 19, 2019   321 जनाले पढ़िसके




संखुवासभाको खाँदबारी नगरपालिकाले नगर क्षेत्रभित्रका बाँदर नियन्त्रण गर्न बजेट विनियोजन गरेको छ । खाँदबारी नगरपालिका क्षेत्रका सबैजसो वडामा बाँदरको आंतक बढेपछि स्थानियले नियन्त्रणका लागि पटक–पटक दबाव दिएका थिए । स्थानियले यस अघि नगरपालिका र जिल्ला समन्वय समितीमा कार्यालय घेराउ गर्दै बाँदर नियन्त्रण गर्न ज्ञापन पत्र समेत दिएका थिए ।
नगर क्षेत्रभित्र बाँदर आंतक बढेपछि त्यसलाई नियन्त्रण गर्न नगरसभामार्फत नै बजेट विनियोजन गरिएको खाँदबारी नगरपालिकाका नगरप्रमुख मुरारी खतिवडाले जानकारी दिए । नगरप्रमुख खतिवडाले भने नगरपालिकाको नगरसभाको निर्णयबाट नै बाँदर नियन्त्रण कार्यको अध्ययन गर्न दुई लाख रुपैयाँ बजेट विनियोजन गरिएको बताए । कृषकका खेतबारीमा लगाएका अन्नबाली कलिलो अवस्थामै बाँदरले सखाप पारीदिने गरेको कार्यपालिका सदस्य सुनिता कार्कीले बताइन् ।
पछिल्लो समय बराइसराईले गाउँ वस्ती वरिपरि जंगल बढेकाले पनि बाँदर बढेको उनको भनाइ छ । बाँदरले मकै धान, सुन्तला, फलफूल, तरकारी, अलैँची, बेसार जस्ता अन्नबालीमा पसेर आंतक मच्चाउने गरेको छ ।