खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।



चिसो बढेसँगै सप्तकोशी नगरपालिकाका सामुदायिक विद्यालय ५ दिन बन्द


 संवाददाता   December 19, 2019   170 जनाले पढ़िसके





एक्कासि बढेको चिसोले तराईका जिल्लाको जनजीवन प्रभावित भएको छ। वाक्लो हुस्सुसँगै बिहानैदेखि चल्ने चिसो सिरेटोले सर्वसाधारणको जनजीवन प्रभावित भएको हो।
चिसो बढेपछि बजारमा सर्वसाधरणको चलपहल घटेको छ । अकस्मात रुपमा बढेको चिसोले सप्तरीको सप्तकोशी नगरपालिकाका सामुदायिक विद्यालय ५ दिनका लागि बन्द गरिएको छ।
शीतलहरका कारण विद्यार्थीको संख्या घटेको र जनजीवनमा समेत असर पर्ने देखिएपछि आगामी सोमबारसम्मका लागि बिदा दिने निर्णय गरिएको नगरपालिकाको शिक्षा शाखाले जनाएको छ।
आइतबारसम्म अवस्था मूल्यांकन गरेर मौसममा सुधार आए सोमबारदेखि सञ्चालन गर्ने र मौसम प्रतिकूल हुँदै गए थप केही दिन विद्यालय बन्द गर्न सकिने शिक्षा शाखा प्रमुखले बताएका छन् ।
सप्तकोशी नगरपालिकामा मावि ४ र आधारभूत ७ गरी ११ वटा सामुदायिक विद्यालय छन् भने कूल ३ हजार ६ सय ३६ विद्यार्थी अध्ययनरत छन्।