खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।



उदयपुरमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु


 संवाददाता   December 19, 2019   279 जनाले पढ़िसके




उदयपुरमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्य भएको भएको छ। उदयपुरगढी गाउँपालिका –३ मा भारतीय जीप दुर्घटना हुदाँ तिन जनाको घटना स्थलमै मृत्यु भएको हो।
भारतीय एस के ०१ पिबी ३०६८ नम्बरको जीप दुर्घटना हुँदा उदयपुरगढी गाउँपालिका—३ का ६० वर्षीय सेतबहादुर श्रेष्ठ, ५० वर्षीय ढकबहादुर स्मालीमगर र ३६ वर्षीय मिन बहादुर श्रेष्ठको मृत्यु भएको जनाइएको छ ।
भारतको सिक्किममा बसोबास गर्ने आफन्त भेटघाट गरि फर्कने क्रममा जीप दुर्घटनामा परेको जनाइएको छ । बिहिबार बिहान भएको दुर्घनामा परि अन्य ५ जना घाईते भएका छन्।
तीन जना गम्भीर घाइतेलाई बाहिर रेफर गरिएको छ भने दुई जनाको स्वास्थ्य चौकी उदयपुरगढीमा उपचार भइरहको स्थानीयले बताएका छन् । नयाँ बाटो र बाँक्लो हुस्सुको कारण दुर्घटना भएको हुन सक्ने जनाइको छ ।