खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



नेकपा र राजपाबीच दुईबुँदे सम्झौता, राष्ट्रिय सभा निर्वाचनमा तालमेल गर्ने


 संवाददाता   December 19, 2019   257 जनाले पढ़िसके




सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी र राष्ट्रिय जनता पार्टीबीच राष्ट्रिय सभाका ४ सांसद भागवण्डा गर्ने सहमति भएको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा दुई पार्टी्बिच दुई बुँदे सहमति भएको हो ।
जसमा प्रदेश नम्बर २ मा रिक्त हुने चार स्थानमध्ये २ मा राजपा र २ मा नेकपाले लिने गरी सहमति भएको छ । नेकपाले महिला र दलित पुरुष तर्फ र राजपाले अन्य पुरुष समूह र अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समूहको स्थानमा रिक्त रहेको ठाउँमा आफ्नो सांसद बनाउने सहमतिमा उल्लेख छ । माघ ९ गते राष्ट्रियसभा निर्वाचन हुँदैछ ।
त्यस्तै राजपा र नेकपाबीच समसामयिक राष्ट्रिय राजनीतिका बारेमा छलफल गर्ने र सहकार्यको प्रक्रिया अघि बढाउने पनि सहमति भएको छ । सहमतिपत्रमा नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालले हसताक्षर गरेका छन् भने राजपाकातर्फबाट संयोजक राजेन्द्र महतोले हस्ताक्षर गरेका छन् ।