खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



‘नेपाल आइडल’ सिजन–३ आजबाट सुरू


 संवाददाता   December 19, 2019   249 जनाले पढ़िसके




सिङ्गिङ रियालिटी सो ‘नेपाल आइडल’ सिजन–३ आजबाट सुरू हुँदैछ । अडिसन राउन्डका सबै श्रृंखला छायांकन गरिसकेको आयोजकले आजबाट प्रशारण सुरू गर्न लागेको हो ।
यो सिजनमा पनि निर्णायकमा न्ह्यु वज्राचार्य, कालीप्रसाद बास्कोटा र इन्दिरा जोशी नै छन ।
यसअघिका दुई सिजनमा ‘सो’ को होस्ट गरेकी रिमा विश्वकर्मा यो सिजनमा देखिने छैनन् । उनी ‘कमेडियन च्याम्पियन’ सो–तर्फ लागेपछि उनको ठाउँमा माम्तीले प्रवेश पाएको स्रोतको भनाइ छ ।
कार्यक्रम राति ८ः३० बजे एपी वान टेलिभिजनबाट प्रशारण हुने छ ।
‘नेपाल आइडल’ सिजन–१ मा बुद्ध लामा र दोस्रो सिजनमा रवी ओड विजेता बनेका थिए ।