खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



२५ ठाउँमा सभा गर्दै जनमत


 संवाददाता   December 18, 2019   237 जनाले पढ़िसके




सीके राउत नेतृत्वको जनमत पार्टीले तराई–मधेसका सबै जिल्लामा आमसभा गर्ने भएको छ । पर्सामा भएको केन्द्रीय समिति बैठकले पुस पहिलो सातादेखि फागुनभित्र आमसभा गर्ने कार्यतालिका तय गरेको छ ।
पूर्वको झापाबाट पश्चिमको कञ्चनपुरसम्म आमसभा गर्ने गरी ७ पुसदेखि १७ फागुनसम्मको कार्यतालिका सार्वजनिक पार्टी अध्यक्ष राउतद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । तराईका स्थानीय तहको उपनिर्वाचनमा भाग लिएको उक्त पार्टीले संगगठन विस्तारलाई तीव्रता दिँदै आएको छ । आगामी निर्वाचनमा देशभर उम्मेदवारी दिने उक्त पार्टीले जनाएको छ । जनमतले ७ मंसिरमा काठमाडौंमा आमसभा गरेको थियो ।
राउत गत फागुनमा शान्तिपूर्ण राजनीतिमा आएका थिए । उनले वैशाखमा विगतका संगठन विघटन गरी जनमत पार्टी निर्वाचन आयोगमा दर्ता गराएका थिए
मधेसकेन्द्रित अन्य दलका नेता तथा कार्यकर्तालाई पार्टीमा भित्र्याउने रणनीति जनमतले लिएको छ । बैठकले मधेस नेतृत्व पुञ्ज गठन गर्ने निर्णयसमेत गरेको छ पुञ्जको संयोजकमा केन्द्रीय सदस्य ललित मल्लिक ‘सानु’ छन्। समाजवादी र राजपामा असन्तुष्ट बनेका छुट्टै मञ्च उपलब्ध गराउन यो गठन गरिएको एक नेताले बताए ।
विदेशमा रहेका मधेसीमा जोड
स्वतन्त्र मधेस अभियान चलाउँदा राउतलाई गैरआवासीय मधेसी संघले सघाएको आरोप चौतर्फी थियो । राउत आफैं संस्थापक रहेको यो संस्थाको सञ्जाल ४७ देशमा छ । संघका अध्यक्ष वसन्त कुशवाहालाई राउतले पार्टीको विदेश विभाग प्रमुख बनाएका छन् । १९ सदस्यीय विभागमा अमेरिका, कुवेत, मलेसिया, अस्ट्रेलिया, भारतलगायत देशमा सक्रिय संघका प्रतिनिधि सदस्य छन् ।
मूलधारको राजनीतिमा आउने घोषणा गरेलगत्तै राउतले यी संस्था रहेको देश भ्रमण गरी कार्यक्रम गरेका थिए। त्यसपछि उनले पार्टी दर्ता गरेका थिए ।
अन्नपुर्णपोष्ट