खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



प्रधानमन्त्री ओलीको जन्मघरलाई संग्रहालय बनाइने, आगामी जन्मदिन जन्मघरमै मनाउने इच्छा


 संवाददाता   December 18, 2019   288 जनाले पढ़िसके




प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मस्थान तेह्रथुमको आठराईमा रहेको उहाँको घरलाई संग्रहालय बनाइने अवधरणा अघि सारिएको छ ।
प्रधानमन्त्री ओली निकटका एक स्थानीय नेता भीम घिमिरेले प्रधनमन्त्री जन्मिनुभएको गाउँको घर पुरानै अवस्थामा ऐतिहासिक रुपमा उभिएकाले सो घरलाई संग्रहालय बनाइने बताउनुभएको छ । त्यसको तयारीस्वरुप अहिले सो घरको नजिकै हेलिप्याडसमेत बनाइको छ ।
प्रधानमन्त्री ओलीको आगामी फागुन ११ गते जन्मदिन परेको हुनाले उहाँले आफ्नै जन्मस्थानमा जन्मोत्सव मनाउने ईच्छा व्यक्त गरेको समेत नेता घिमिरेले बताउनुभयो । हेलिप्याडले संग्रहालयको पूर्वाधारका साथै प्रधानमन्त्री ओलीलाई त्यहाँ पुर्याउन समेत सजिलो हुनेछ ।
केहि दिनअघि तेह्रथुमको म्याङ्लुङबाट गएको १५ जना सम्मिलित नेपाली सेनाको टोली सो स्थानमा पुगेर हेलिप्याड तयार गरेको हो । हेप्यिाड तयार गर्न प्रधानमन्त्री ओली स्वयंमले ७ लाख रुपैयाँ उपलब्ध गराउनुभएको थियो ।
यस क्षेत्रमा अहिलो अन्य जग्गा पनि थप गरेर पर्याप्त रुपमा थप भौतिक पूर्वाधार निर्माण गरी आकर्षक र व्यवस्थित तवरले संग्रहालय बनाउने अवधारणा अघि सारिएको स्थानीय नेताहरुको भनाइ छ ।

साथै यो क्षेत्रमा कृषि तालिम केन्द्र वा प्राविधिक शिक्षालयमध्ये एक निकाय समेत स्थापना गरिने अवधारणा अघि सारिएको नेता घिमिरेले जानकारी दिनुभयो । यसका लागि अध्ययन(अनुसन्धान छिट्टै हुने उहाँको भनाइ छ ।
लामो समयदेखि आठराई क्षेत्रमा एयरपोर्टको चर्चा चलिरहे पनि निर्माणको काम हुन सकेको छैन । यसै अवस्थामा प्रधानमन्त्री ओलीले अब छिट्टै चुहानडाँडामा एयरपोर्ट बन्ने संकेत दिनुभएको छ । यसअघि तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री स्व रवीन्द्र अधिकारीले पनि एयरपोर्टका लागि चुहानडाँडाको स्थल अवलोकन गरिसक्नुभएको थियो । जहाँबाट फर्कने क्रममा गत साल फागुन १५ गते हेलिकप्टर दुर्घटनामै उहाँको ज्यान गयो ।

बर्तमान पर्यटनमन्त्री योगेश भट्टराईले पनि सो क्षेत्रमा पुगेर स्थलगत अध्ययन गर्दै एयरपोर्ट निर्माणको काम चाँडै सूरु हुने उद्घोष गरिसक्नुभएको छ । प्रधानमन्त्री ओलीको इवा स्थित पुर्ख्यौली जग्गा उहाँका बुबाले बेचेर पहिले नै झापा बसाइ सर्नुभएको थियो । तर पहिलोपटक प्रधानमन्त्री भएका बेला सो जग्गा ओलीले आफ्नो नाममा फिर्ता लिनुभएको थियो । अहिले सो घरलाई नियमित रेखदेख र संरक्षण गरिँदै आएको स्थानीय नेता घिमिरेले बताउनुभयो ।
प्रधानमन्त्री ओली विसं २००८ साल फागुन ११ गते तत्कालीन इवा गाविसको ‘तीनसल्ले’ भन्ने स्थानमा जन्मनुभएको थियो । हाल यो स्थान आठराई गाउँपालिकाको वडा नंबर ४ मा पर्दछ ।
बाल्यकाल यही बिताएका ओली प्रायस् कमै तेह्रथुम पुग्नुभएको छ । प्रधानमन्त्री ओली सानै छँदा उहाँको परिवार झापा भरेकाले उहाँले तेह्रथुमबाट प्रथामिक तहको शिक्षा मात्रै लिनुभएको थियो । ईपुर्व