खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



भूमिसुधार कार्यालय इनरुवाका प्रमुखमाथि हातपात


 संवाददाता   December 18, 2019   705 जनाले पढ़िसके




भूमिसुधार तथा मालपोत कार्यालय इनरुवा सुनसरीका प्रमुख ध्रुर्वप्रसाद कोइरालामाथि लेखापढी व्यवसायीहरुले दुर्व्यवहार गरेका छन् ।
लेखापढी व्यवसायीलाई कार्यालयभित्र छिरी अनाधिकृत रुपमा कार्यालयका खातापाता छुन चलाउन नदिने, कार्यालय समयपछि पस्न नदिने लगायतका सुशासन कायम गर्ने कार्यका लागि परेका प्रमुख कोइरालाको व्यवहार प्रति उनीहरुले विरोध जनाउँदै आएका थिए ।
मंगलबार भने उनीहरुले कार्यालय समय सकेर निस्कने क्रममा लेखापढी व्यवसायी संघका उपाध्यक्ष जिव्राहिम अन्सारीको नेतृत्वमा आएको समुहले हातपात गरेको जिल्ला प्रहरी कार्यालयको उजुरीमा उल्लेख छ । लेखापढीका नाममा दलाली गरिरहेका आचरण सुधारका लागि गरिएको प्रमुखको सकारात्मक अभियान प्रति गरिएको यो व्यवहारको सर्बसाधारणले भने विरोध गरेका छन् ।