खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



काठमाडौंमा वर्षकै चिसो, न्यूनतम तापक्रम ३.७ डिग्री मापन


 संवाददाता   December 18, 2019   175 जनाले पढ़िसके




काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ३.७ डिग्री सेल्सियस पुगेको छ । यस वर्ष न्यूनतम तापक्रम ५ डिग्रीसम्म मापन भएको काठमाडौंमा बुधबार बिहान ३.७ मापन भएको हो ।
मौसमविद वरुण पौडेलले बुधबार बिहान साढे ६ बजे न्यूनतम तापक्रम ३.७ डिग्री मापन भएको जानकारी दिए । उनका अनुसार, काठमाडौं उपत्यकासहित देशभर चिसो बढ्दै गएको छ । तापक्रम अझै घट्ने अनुमान छ ।
तराई–मधेसका जिल्लाहरुमा पनि चिसो ह्वात्तै बढेको छ । ती जिल्लाका अधिकांश क्षेत्रमा बाक्लो हुस्सु–कुहिरो लागेको छ । साथै मध्य र पश्चिमी पहाडी भूभाग तथा काठमाडौं उपत्यकाका केही स्थानहरूमा समेत सामान्य हुस्सु कुहिरो लागेको मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हुस्सु कुहिरोका कारण तराईका जिल्लामा हुने हवाई उडान प्रभावित भएको छ ।