खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।



‘प्रदेशको नामाकरणमा सबैको भावना समेटिने’


 संवाददाता   December 18, 2019   314 जनाले पढ़िसके




१ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले प्रदेशको नामाकरण गर्दा सबैको भावनालाई समेटिने धारणा व्यक्त गरेका छन् ।
मङ्गलबार मोरङको विराटचोकमा आयोजित नेपाल तामाङ घेदुङ सङ्घ १ नम्बर प्रदेशको प्रथम सम्मेलनलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले त्यस्तो बताएका हुन् ।
प्रदेशको नामाकरणको विषय संविधानसभाले पाँचवर्ष ८ महिनामा समेत टुङ्गो लगाउन नसकेको हुँदा यो निकै गहन विषय भएकोले यो निकै चुनौतिपूर्ण रहेको मुख्यमन्त्री राईले बताए । केन्द्रमा नामाकरण गर्दा सहमति जुट्न नसकेपछि अहिले प्रदेश सरकारलाई जिम्मा आएको छ । सबैको भावनालाई समेटिने राईले बताए ।
मन्तव्यकै क्रममा उठेको सवालको जवाफ दिने क्रममा मुख्यमन्त्री राईले तामाङहरूको सोनाम ल्होसारमा यसपटक भने बिदा दिने आश्वासन दिएका छन् । गतसाल १ नम्बर प्रदेशमा ल्होसारको अवसरमा बिदा नदिएपछि तामाङ घेदुङका केन्द्रीय अध्यक्ष मोहन गोलेले मन्तव्यको क्रममा मुख्यमन्त्रीलाई अनुरोध गरेका थिए
त्यसैगरी कार्यक्रममा घेदुङका प्रशिक्षण विभाग प्रमुख काजीमान तामाङले तामाङ समुदायको धार्मिक, आर्थिक सांस्कृतिक समस्यालाई केलाउँदै अब तामाङ समुदाय राजनैतिक रूपमा अधिकार खोजेर अगाडि आउनुपर्ने बताए ।
कार्यक्रममा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमिरे, नेकपाका केन्द्रीय सदस्य महेश रेग्मी, सांसद् राजकुमार ओझा, लोकप्रसाद सङ्ग्रौला, सुन्दरहरैंचाका मेयर शिव ढकाललगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा तामाङ समुदायले मौलिकता झल्कने गीत तथा नृत्य प्रस्तुत् गरेका थिए । सम्मेलन बुधबारसम्म चल्नेछ । सम्मलेनले प्रदेश समितिको चयनसमेत गर्ने बताएको छ । ब्लाष्टखबर