खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



स्वार्गिय समाजसेबी मेजर हर्क बहादुर तामाङको स्मुर्तिमा अक्ष्य कोष स्थापना


 संवाददाता   December 18, 2019   1169 जनाले पढ़िसके




समाजसेवी मेजर हर्क बहादुर तामाङको स्मृतिमा अक्षय कोष स्थापना ! उर्लाबारीका समाजसेवी स्व.मेजर हर्कबहादुर तामाङ र उनकी धर्मपत्नी नरमाया तामाङको स्मृतिमा पाँच लाख रुपैयाँको छात्रवृत्ती अक्षय कोष स्थापना गरिएको छ ।
उर्लाबारी–६ स्थित राधिका माध्यमिक विद्यालयमा स्व.तामाङका छोरा–छोरीहरुले उक्त अक्षय कोष स्थापना गरेका हुन् ।स्व.तामाङका जेठा छोरा साङदोर्जे तामाङ, माइला छोरा लालबहादुर तामाङ, कान्छा छोरा पेमासिँह तामाङ, जेठी छोरी कुसुम तामाङ, माइली छोरी अनु तामाङ र कान्छी छोरी पुष्पकला तामाङले संयुक्तरूपमा उक्त अक्षय कोष स्थापना गरेका हुन् । उक्त अक्षय कोषबाट प्राप्त ब्याजले बर्षेनी सो विद्यालयमा कक्षा–१ देखि १० सम्म अध्ययनरत गरीब तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ती प्रदान गरिने स्व. तामाङका माइला छोरा लालबहादुरले जानकारी दिए ।
स्व.तामाङले आफू जीवीत छँदा उर्लाबारीका बिभिन्न सामाजिक संघ/संस्थाहरुलाई आर्थिक सहयोग गर्नुका साथै निःशुल्क जग्गा समेत प्रदान गरेका थिए ।