खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



एसईईको परिक्षा तालिका सार्वजानिक


 संवाददाता   December 17, 2019   308 जनाले पढ़िसके




मङ्गलबार ०१, पुष २०७६
२०७६ सालको एसईईको परीक्षा तालिका मंगलबार (आज) सार्वजनिक भएको छ । एसईईको नियमित, ग्रेडवृद्धि तथा प्राविधिकको परीक्षा चैत ६ देखि १७ गतेसम्म चल्ने राष्ट्रिय परीक्षा बोर्डले जानएको छ ।
प्रकाशित तालिका अनुसार परिक्षाको पहिलो दिन ६ गते अनिवार्य अंग्रेजी, ७ गते अनिवार्य नेपाली, ९ गते अनिवार्य गणित, १० गते विज्ञान, ११ गते अनिवार्य सामाजिक अध्ययन, चैत १२ गते अनिवार्य स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षा तथा १३ गते ऐच्छिक प्रथम विषयको परीक्षा छ।
१४ गते ऐच्छिक विषयका सबै परिक्षा हुने सूचनामा उल्लेख छ भने परीक्षाको अन्तिम दिन १७ गते भने विभिन्न प्राविधिक विषयको परीक्षा हुनेछ। परिक्षाको समय बिहान ८ बजेदेखि ११ बजेसम्म तोकिएको छ।