खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



नेकपा इलामले तोक्यो स्थानीय तहका इञ्चार्ज र सहइञ्चार्ज


 संवाददाता   December 17, 2019   369 जनाले पढ़िसके




नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले इलामका विभिन्न नगर तथा गाउँपालिकाका इञ्चार्ज र सहइञ्चार्ज चयन गरेको छ । नेकपा इलामको सचिवालय बैठकको निर्णयबाट इञ्चार्ज र सहइञ्चार्ज चयन गरिएको हो ।
निर्णय अनुसार इलाम नगरपालिकाको इञ्चार्जमा भक्त केसी र सहइञ्चार्जमा कृष्ण श्रेष्ठ र जीवन शर्मा ढुङ्गाना चयन भएका छन् । यस्तै, सूर्योदय नगरपालिकाका इञ्चार्जमा तेजबहादुर राई, सहइञ्चार्ज आरबी राई र नरेश तामाङ चयन भएका छन् ।
त्यसैगरि, देउमाई नगरपालिकाको इञ्चार्जमा शान्ता बस्नेत, सहइञ्चार्ज सूर्य पोखरेल र गोविन्द न्यौपाने, माई नगरपालिकाका इञ्चार्जमा महेश बस्नेत, सहइञ्चार्जमा बुद्धि खनाल र दीपक सिन्चुरी रहेको नेकपाले जनाएको छ ।
यसैगरी गाउँपालिकामध्ये चुलाचुली गाउँपालिकाका इञ्चार्जमा ओमनारायण खनाल, सहइञ्चार्ज विन्दु विश्वकर्मा र न्युसन राई, माङ्सेबुङ गाउँपालिकाका इञ्चार्जमा किरणकुमार राई, सहइञ्चार्जमा तारा पौडेल रहेका छन् ।
फाकफोकथुम गाउँपालिकाका इञ्चार्जमा राजकुमार थापा, सहइञ्चार्जमा छत्र सुब्बा, सन्दकपुर गाउँपालिकाका इञ्चार्जमा उमेश गुरुङ, सहइञ्चार्जमा याम राई र भोजप्रसाद खतिवडा चयन गरिएको नेकपाका कार्यालय सचिव नवराज शंकरले जानकारी दिए
माईजोगमाई गाउँपालिकाको इञ्चार्जमा कुवीरमान राई, सहइञ्चार्जमा जीतबहादुर राई र दाताराम सञ्जेल, रोङ गाउँपालिकाका इञ्चार्जमा चित्रकला बराइली, सहइञ्चार्जमा देवकुमार राई र विष्णुमाया खवास चयन भएका छन् ।