सिन्धुपाल्चोकमा भएको सवारी दुर्घटनाका लागि छानबिन गर्न सरकारले छानबिन समिति गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पहिलो पटक सवारी दुर्घटनाका लागि छानबिन समिति गठन गरेको हो।
हिजो मात्रै मन्त्रालयका पदाधिकारी र सम्बन्धित निकायलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा बोलाएर सवारी दुर्घटना बढेको भन्दै सम्बन्धित निकायलाई प्रभावकारी कदम चाल्न निर्देशन दिए लगत्तै मन्त्रालयले सिन्धुपाल्चोक दुर्घटनाको छानबिनका लागि समिति गठन गरेको हो।
मन्त्रालयका सहसचिव राजेन्द्रराज शर्माको संयोजकत्वमा, गृहमन्त्रालय, ट्राफिक प्रहरी र यातायात महासंघका प्रतिनिधीको संलग्नतामा छानबिन समिति गठन गरेको हो। समितिलाई सातदिनभित्र प्रतिवेदन बुझाउन पनि भनिएको छ।
गत मंसिर २९ गते सिन्धुपाल्चोकको ६ किलोमा बस दुर्घटनाुहँदा १५ जनाको मृत्यु भएको थियो भने १९ जना घाइते भएका थिए।