खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



सिद्धबाबा’ अझै ७ दिन प्रहरी निगरानीमा


 संवाददाता   December 17, 2019   273 जनाले पढ़िसके




जिल्ला अदालत सुनसरीले सोमबार सिद्धबाबा भनिने कृष्णबहादुर गिरिको सम्बन्धमा अस्पतालमै निगरानीमा राखेर अनुसन्धान गर्न चौंथो पटक सात दिनको म्याद थप गरेको छ । एक अनुयायी महिलालाई आश्रममा बोलाएर बलात्कार गरेको उजुरी परेपछि उनी माथि प्रहरीले अनुसन्धान गरिरहेको छ ।
पीडित महिलाको उजुरीपछि बिरामी भएको बहानामा उनी अस्पताल भर्ना भएकाले प्रहरीले निगरानीमा राखेर अनुसन्धान गरिरहेको छ । बलात्कारको आरोप लागेका गिरी अझै ७ दिन प्रहरी निगरानीमा रहने भएका छन् । यसअघि सुनसरी जिल्ला अदालतबाट सात दिनको, चार दिनको र तीन दिनको गरी १४ दिन म्याद थप गरिसकेको छ ।
चौंथो पटक ७ दिन म्याद थप भएलगतै प्रहरीले उनलाई विराट नर्सिङ होममै फर्काउन बाध्य भएको छ । प्रहरीले अनुसन्धान सकिएको संकेत गरेको थियो । तर, अनुसन्धानको कागजात पर्याप्त र अभियोग पूरक नभएकाले पुनस् म्याद थपको माग सहित अदालत पेश गरिएकोमा अदालतबाट ७ दिनको म्याद प्राप्त भएको सरकारी वकिल गोकुल निरौलाले बताउनुभयो ।
सुनसरी प्रहरीले सोमबार दिउँसो गिरिलाई म्याद थप गर्न अदालत र्पुयाएको थियो । जिल्ला न्यायाधीश मणिराम न्यौपानेको इजलासले थप ७ दिन अस्पतालमै निगरानीमा रहने गरी प्रहरी अनुसन्धानका लागि म्याद थपेको हो । अदालतले सोमबारबाट लागू हुने गरी थप भएको ७ दिनमा प्रहरीलाई गिरी उपर थप अनुसन्धान सहित उपस्थित गराउन भनेको छ ।
यसअघि प्रहरीले ३ दिनको म्याद सकिएसँगै उनको मुद्दा अदालत समक्ष बुझाइने बताएको थियो । सोही अनुरुप अघिल्लो दिन प्रहरीले जिल्ला सरकारी वकिल कार्यालय इनरुवामा अनुसन्धान प्रतिवेदन बुझाएको थियो ।
अनुसन्धान गरिरहेका सुनसरीका प्रहरी नायब उपरीक्षक विनोद शर्माले अदालतबाट ७ दिनको म्याद थप भएसँगै निगरानीमा रहने गरी उपचारका लागि कृष्णदासलाई अस्पतालमै र्पुयाइएको बताउनुभयो । चतरास्थित रामानन्दाचार्य सेवापीठका संरक्षक समेत रहेका जगद्गुरु, अनन्तश्री र महायोगी सिद्धबाबाको उपाधि लिएका गिरी विरुद्ध एक अनुयायी महिलाले आफूलाई गत कार्तिक ४ गते बलात्कार गरेको भन्दै मंसिर १३ गते सुनसरी प्रहरीमा जाहेरी दिएकी थिइन् ।
अबको एक सातामा अनुसन्धान सकिएमा प्रहरीले मिसिल बुझाउने छ । सरकारी वकिलका अनुसार अनुसन्धानका मिसिल अदालतमा बुझाए पछि थुनछेकको दोहोरो बहस हुने छ । दोहोरो थुन छेक बहसपछि गिरिलाई साधारण तारेखमा छाड्ने वा धरौटीमा छाड्ने वा पुर्पक्षका लागि कारागार चलान गर्ने अदालतले आदेश दिन सक्ने छ ।
प्रहरीले यसअघि नै सिद्धबाबाको डीएनए परीक्षणका लागि नमूना संकलन गरी नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशाला काठमाडौं पठाएको थियो । पीडित महिलाको भेजिनल स्वावसँग सिद्धबाबाको डीएनए म्याच भएरनभएको निर्कोल विधि विज्ञान प्रयोगशालाले गर्नेछ । सिद्धबाबाको डीएनए परीक्षणको रिपोर्ट भने अझै आइसकेको छैन । रेडियो कान्तिपुरबाट