खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



गौतमबुद्ध विमानस्थल बुद्ध पूर्णिमादेखि सञ्चालनमा आउने


 संवाददाता   December 15, 2019   285 जनाले पढ़िसके




भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्रा्ष्ट्रिय विमानस्थल आगामी बुद्ध पूर्णिमादेखि सञ्चालनमा आउने भएको छ । विमानस्थल निर्माण आयोजनाले बुद्ध पूर्णिमादेखि विमानस्थल सञ्चालनमा आउने जानकारी दिएको हो । यद्यपि यसको औपचारिक निर्णय भने नेपाल नागरिक उड्डयन प्राधिकरणले गर्नुपर्नेछ । विमानस्थलको टर्मिनल भवनमा मार्बल तथा टायल लगाउने र सीसीटीभी तथा एक्सरे मेसिन जडानलगायतका काम भइरहेको छ ।
विमान पार्किङ क्षेत्रमा मार्किङको काम तीव्र पारिएको छ । त्यस्तै आगमन तथा प्रस्थान भवनतर्फ पनि छानो लगाउनेदेखि विमानस्थल सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माण अन्तिम चरणमा पुगेको विमानस्थल सुदृढीकरण कार्यान्वयन आयोजना एकाइ रूपन्देहीका प्रमुख प्रवेश अधिकारीले जानकारी दिएका छन् । “टर्मिनल भवनमा अहिले फिनिसिङ र उपकरण जडानको काम भइरहेको छ । त्यस्तै धावनमार्गको सिभिल निर्माणतर्फको काम सबै सकेर अहिले लाइट जडानको काम अगाडि बढेको छ”, उनले भने। समग्रमा विमानस्थलको भौतिक प्रगति करिब ८५ प्रतिशत रहेको उनले बताए। सबै उपकरण आइसकेको र जडानको काम मात्र बाँकी रहेकाले अब भौतिक प्रगति स्वतः बढ्ने आयोजनाले जनाएको छ । धावनमार्गका बत्ती तथा सञ्चार उपकरण पुसभित्र आइपुग्ने र त्यसको एकदेखि डेढ महिनाभित्र जडान पूरा हुने आयोजनाले जनाएको छ ।
बुद्ध पूर्णिमामा विमानस्थल सञ्चालनको लक्ष्यसहित काम अघि बढेको तथा अध्यागमन, क्वारेन्टाइन, भन्सार, मौसम विभाग तथा सुरक्षा निकायका अधिकारीहरूसँग छलफल भइसकेको आयोजना प्रमुख अधिकारीले जानकारी दिए । सरकारले सन् २०१४ नोभेम्बरमा चिनियाँ ठेकेदार कम्पनी नर्थ वेस्ट सिभिल एभिएसनसँग गौतमबुद्ध अन्तर्रा्ष्ट्रिय विमानस्थल निर्माणका लागि ठेक्का सम्झौता गरेको थियो ।
सम्झौता अनुसार सन् २०१७ को डिसेम्बर ३१ सम्म विमानस्थलको आईसीभी १ अन्तर्गतका भौतिक पूर्वाधारका सबै काम सक्नुपर्ने थियो । तर विभिन्न कारणले निर्माण कम्पनीले समयमा काम नसकेपछि समय थप्दै सन् २०१९ को डिसेम्बर सम्ममा निर्माणको काम सक्नुपर्ने म्याद दिइएको छ । सरकारले छ अर्ब ८२ करोड रुपियाँमा आईसीभी १ अन्तर्गत विमानस्थलको तीन हजार मिटरको रन–वे, ट्याक्सी–वे, एप्रोन टर्मिनल भवन, टावर कन्ट्रोल भवन निर्माणका लागि सम्झौता गरेको थियो ।
त्यस्तै आईसीभी २ अन्तर्गत विमानस्थलमा जडान हुने उपकरणका लागि ५० करोड रुपियाँ विनियोजन भएको छ । यो विमानस्थल निर्माण गर्न एसियाली विकास बैङ्क ९एडीबी० ले ४०।५ प्रतिशत ऋण र १८ प्रतिशत अनुदान दिएको छ । ओपेक फन्ड फर इन्टरनेसनल डेभलपमेन्ट्सको ३०।५ प्रतिशत ऋण र नेपाल नागरिक उड्डयन प्राधिकरणको ११ प्रतिशत लगानी छ । गोरखापत्र दैनिकबाट