खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



पीपीएलको दोस्रो संस्करण शनिबार पोखरा रंगशालामा सुरु


 संवाददाता   December 14, 2019   241 जनाले पढ़िसके




पोखरा प्रिमियर लिग ट्वान्टी–२० क्रिकेट पीपीएल प्रतियोगिताको दोस्रो संस्करण शनिबार पोखरा रंगशालामा सुरु हुँदैछ । नेपालका ६ शहरका ६ फ्रेञ्चाईज टिम सहभागी हुने प्रतियोगिता पुष १२ गतेसम्म चल्नेछ ।
उपाधि विजेताले २७ लाख रुपैयाँ र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् । म्यान अफ दी सिरिज, उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट बलरले मोटरसाईकल पुरस्कार पाउने छन् । मोष्ट भ्यालुएवल खेलाडीलाई एक लाख ईमर्जिङ खेलाडीले ५० हजार रुपैयाँ पाउने छन् ।
आयोजक क्विन्स इभेन्ट म्यानेजमेन्टका प्रवन्ध निर्देशक छुम्बी लामाकाअनुसार, यो वर्षदेखि हरेक टोलीले ३ जना विदेशी खेलाडी अनुबन्ध गरेका छन् ।
सबै टिमले ड्राफ्ट मार्फत खेलाडी अनुबन्ध गरिसकेको बताउँदै लामाले खेलाडीहरु पोखरा आउने क्रम समेत सुरु भएको बताउनुभयो ।