खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



नेकपाको सचिवालय बैठक आज बस्दै


 संवाददाता   December 14, 2019   180 जनाले पढ़िसके




सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक आज बस्दैछ । उपनिर्वाचनको रिपोर्ट, पार्टी एकताका बाँकी काम टुङग्याउने तथा भोलि बस्ने स्थायी समिति बैठकको एजेण्डा तय गर्न सचिवालय बैठक बस्न लागेको हो ।
काठमाडौंको धुम्वाराहीस्थित पार्टी केन्द्रीय कार्यलयमा अपरान्ह ३ वजेपछि बस्ने बैठकमा पार्टीको सागठानिक संरचनाका साथै जिल्ला समितिबाट आएका उपनिर्वाचनको रिर्पोटबारे छलफल हुने वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिनुभयो ।
उपनिर्वाचनमा अपेक्षित परिणाम आउन नसकेपछि चुनावी गतिविधीको सम्पूर्ण रिपोर्ट केन्द्रमा बुझाउन सचिवालयले जिल्ला समितिहरुलाई निर्देशन दिएको थियो । सोही रिपोर्टबारे आज सचिवालयमा छलफलपछि भोलि बस्ने स्थायी समिति बैठकमा विस्तृत छलफल हुने नेता खनाललले बताउनुभयो ।
यस्तै बैठकमा एकताको बाँकी काम तथा सांगठानिक संरचनालाई पूर्णता दिने विषयमा पनि छलफल हुने नेताहरुको भनाई छ ।