खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।



गलत नीतिले मालपोत र नापीमा भ्रष्टाचार मौलायो


 संवाददाता   December 14, 2019   235 जनाले पढ़िसके




नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसनका केन्द्रीय अध्यक्ष सिताराम दाहालले मालपोत र नापी कार्यालयहरूमा नीतिगत भ्रष्टाचार मौलाउँदै गएको बताए।
नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन इकाई समिति भद्रपुरको ९ औँ अधिवेशन तथा १३ औँ साधारण सभाको उद्घाटन कार्यक्रममा बोल्दै केन्द्रीय अध्यक्ष दाहालले भने, ‘सिंहदरबारको अधिकार गाउँ(गाउँमा जाने सरकारको गलत नीतिले मालपोत तथा नापीका कर्मचारीमा मनोबल बढेको र भू(उपयोगसम्बन्धी गलत नीतिले कित्ता काट रोक्दा भ्रष्टाचार बढेको हो।’
सरकारी निकायमा नीतिगत भ्रष्टाचार रोक्न सरकारले ठोस कदम नचाले सम्म लेखापढी व्यवसायीमा माथि नै भ्रष्टाचारको आरोप लाग्दै आउने उनको भनाई छ।
उनले सरकारले ल्याएको भू नीति अनुसार अनलाइन सिस्टममा सहयोग र्पुयाइदिन हुन र भू सेवा केन्द्र लिई दिनु हुन सबै लेखापढी व्यवसायीलाई अनुरोध समेत गरे।
इकाई समिति भद्रपुरका अध्यक्ष महेश न्यौपानेको अध्यक्षता सम्पन्न उद्घाटन कार्यक्रममा विगत लामो समयदेखि संगठनमा कार्यरत आफ्ना ज्येष्ठ सदस्य वैधनाथलाल कर्ण र टिका कोइरालालाई सम्मान गरेको छ।
साथै २०७६ सालको एसइई परीक्षामा उत्कृष्ट अंक ल्याई पास हुने सदस्यका छोराछोरीहरू प्रसान पौडेल, सदीक्षा न्यौपाने, इशुभ ढुङ्गाना र विवेक घिमिरेलाई नगदसहित सम्मान गरेको छ ।