खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



असन्तुष्ट पक्षलाई पेलेरै विभागको संख्या बढाउँदै देउवा


 संवाददाता   December 13, 2019   240 जनाले पढ़िसके




नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले असन्तुष्ट पक्षलाई पेलेरै पार्टीका विभागको संख्या बढाउने प्रस्ताव केन्द्रीय समिति बैठकमा पेश गरेका छन्। बरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री कृष्ण प्रसाद सिटौला पक्षले बहिष्कार गरेको कांग्रेसको बिहीबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा सभापति देउवाले हाल २८ विभाग रहेकोमा त्यसलाई बढाएर ४१ र्पुयाउने प्रस्ताव गरे ।
देउवाले नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ३७ (१) (क) मा व्यवस्था गरिएका केन्द्रीय विभागहरूलाई परिमार्जन र पुनर्गठन गरी विभाग थप्ने प्रस्ताव गरे। उनले विभागका नाम प्रस्ताव गर्दै तीनको काम, कर्तव्य र अधिकार तोक्ने प्रस्ताव पनि गरे।
केन्द्रीय समिति बैठकका लागि पार्टी कार्यालयमा उपस्थित भए पनि वरिष्ठ नेता पौडेल, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले बैठकमा सहभागिता नै जनाएनन्।
त्यस्तै, पौडेल र सिटौला पक्षले विभागको संख्या थप्ने विषयमा देउवाले एकलौटी गरेको, नेविसंघ, तरुणदलको विवाद समाधान गरी अधिवेशन तोक्न नसकेको, पार्टीको आगामी महाधिवेशनको नयाँ कार्ययोजना नल्याएको भन्दै लामो समयदेखि असन्तुष्टि जनाउँदै आएका छन्।
कांग्रेसको बिहीबार बसेको केन्द्रीय समितिको बैठकले हालै सम्पन्न १३ औँ सागमा पदक विजेता खेलाडीहरूलाई बधाइ ज्ञापन गर्दै समग्र खेलकुदको प्रगति र खेलाडीको व्यवसायिक जीवन सुनिश्चिताका लागि विशेष प्याकेज निर्माण गर्न सरकारसँग आग्रह पनि गरेको छ।
उपनिर्वाचनबारे समीक्षासमेत गरेको बैठकले स्थानीय तहमा केन्द्रीत रहने पार्टीको तेस्रो चरणको जागरण अभियानको मिति परिवर्तन गर्दै माघ १६ गते शहीद दिवसका दिनदेखि माघ २५ सम्मलाई निर्धारण गरेको छ।