खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।



प्रदेश नम्बर १ को नाम हिउदे अधिवेशनमा तय हुन्छ ः ईन्द« बहादुर आङ्बो


 संवाददाता   December 12, 2019   597 जनाले पढ़िसके




 

प्रदेश नम्बर १ का आर्थिक मामिला तथा योजना मन्त्री ईन्द« बहादुर आङ्बोले प्रदेशको नाम अब हिउदे अधिवेशनबाट तय हुने बताएका छन् । चासोक तङनाम फुङसोक उत्सव एले तङबे ५०७९ को अवसरमा यस्तो कुरा बताएका हुन् ।

सो अवसरमा आङबोले आवश्यक परे संविधान संशोधन गरेर र प्रदेशको संख्या बढाउन सकिने र नामाङकन गर्न सकिने प्रतिब्द्धता रहेको बताए । अब प्रदेशको नामाङकन हुदा पहिचानको आधारमा जनताको जन भावनालाई मध्य नजर गर्दै राखिने उनले जनाए ।

उनले भुमि सम्बन्धि ऐन अब्यबस्थित बसोबास अर्थात सुकुम्बासी समस्या लगायतका ऐन संसदमा आउने क्रममा रहेकाले अबको अधीबेशनले यसको समाधान गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।