खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।



पाँच बर्ष्भित्रै आज तेस्रो पटक भोट हाल्दै बेलायती


 संवाददाता   December 12, 2019   286 जनाले पढ़िसके




बेलायतीहरुले आज आम निर्वाचनमा मतदान गर्दैछन। राजनीतिक अस्थिरताका कारण बेलायतमा पाँच बर्ष्भित्रै तेस्रो पटक आमनिर्वाचन भएको हो। इङ्गल्याण्ड, वेल्स, स्कटल्याण्ड र उत्तरी आयरल्याण्डमा अहिले बिहान सात बजेदेखि मतदान हुँदैछ।
यो आम निर्वाचनमार्फत ६५० प्रतिनिधिहरु चुनिनेछन्। शुक्रबार बिहानबाट मतदान परिणाम आउने अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्।पहिलो हुने निर्वा्चित प्रणालीअन्तर्गत धेरै मत ल्याउने उम्मेदवारहरु नै जनप्रतिनिधिका रुपमा चुनिनेछन्।
बेलायतमा सामान्यतयाः चार या पाँच बर्षमा आम निर्वाचन हुने गर्छ । तर राजनीतिक अस्थिरताका कारण ७ मे २०१५ र ८ जुन २०१७ मा बेलायतीले आमनिर्वाचनमा मतदान गरिसकेका छन्।
पाँच बर्षको अवधिमा यो तेस्रो पटक हुँदै गरेको चुनाव हो। युरोपेली संघ (इयु) बाट बाहिरिने (ब्रेक्जिट) सवालमा बेलायतभित्र सत्ता–अस्थिरता देखिएको छ।