खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



सागमा विजेतालाई प्रदेश–१ सरकारले नगदसहित सम्मान गर्ने


 संवाददाता   December 12, 2019   298 जनाले पढ़िसके





प्रदेश १ सरकारले १३ औं दक्षिण एशियाली खेलकुद (साग) प्रतियोगितामा प्रदेश १ बाट पदक विजेता खेलाडीहरुलाई नगदसहित सम्मान गर्ने भएको छ ।
प्रदेश १ मन्त्रिपरिषद् बैठकले स्वर्ण पदक विजेता खेलाडीलाई ३ लाख, रजत २ र कास्य पदक विजेतालाई १ लाख नगदसहित सम्मान गर्ने भएको हो ।
काठमाडौंमा मंगलबार सकिएको सागमा नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ कांस्यपदक प्राप्त गरेको थियो ।