खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



बर्ष २०२० युवाको देशको नेतृत्व गर्न सक्ने क्षमता बिकासमा तल्लिन रहनेछु:शंकर


 संवाददाता   December 11, 2019   476 जनाले पढ़िसके




बर्ष २०२० युवाको देशको नेतृत्व गर्न सक्ने क्षमता बिकासमा तल्लिन रहनेछु:शंकर

एलिना दियाली

देश ब्यापी रुपमा नेपाल जेसिजको चुनाबी सर्गर्मी बढी रहेको बेला पथरी जेसिजको राष्ट्रिय अध्यक्ष उम्मेदवारी प्रचारप्रसारलाई पनि तिब्र पारिएको छ ।बुधबार अशोक शंकर जिताऔ सहयोग समितिले पथरीमा पत्रकार सम्मेलन गरि थप छ्लफल गरेको हो।बर्ष २०२० का लागि नेपाल जेसिजको राष्ट्रिय अध्यक्षका उम्मेदवार अशोक शंकरले जेसिज बर्ष २०२० आफ्नो सम्पुर्ण कार्य देशका युवालाई उत्कृष्ट युवा बनाई समाजलाई नै हस्तान्तरण गर्नमा केन्द्रित रहने प्रतिबद्धता जनाएका छ्न।नेपाल जेसिज बर्ष २०२० को राष्ट्रिय अध्यक्षका उम्मेदवार शंकर पथरी जेसिजका सस्थापक अध्यक्ष, नेपाल जेसिज बर्ष २०१४ का राष्ट्रिय उपाध्यक्ष,साथै बर्ष २०१८ को राष्ट्रिय कार्यकारिणी उपाध्यक्षको कुशल एवम सफल नेतृत्व गरेको मिठो अनुभब रहेको छ।उनले जेसिजको रणनीतिलाई क िटबद्व भएर कार्यान्वयन गर्न लाग्ने बाताएका छ्न।युवाले देश्को नेतृत्व गर्न सके मात्र देशको बिकास हुने भन्दै उनले आफ्नो नेपाल जेसिज बर्ष २०२० युवाको देशको नेतृत्व गर्न सक्ने क्षमता बिकासमा तल्लिन रहने बताए ।साथै उनले सबै जेसिज महानुभाबलाई सहयोग गर्नको लागि अपिल गरेका छ्न।अशोक जिताउ सहयोग समितिका सम्योजक अर्जुनकुमार बुढाथोकीले एक सक्षम ब्यक्तिको उम्मेदवारी रहेकोले सबैलाई सहयोगको लागि आग्रह गरे।नगर प्रमुख दिलिप कुमार राईले एक सफल उधमी एबम नेतृत्व गर्न सक्ने क्षमतावान ब्यक्ति रहेकोले एकपटक सम्पुर्ण युबालाई नेतृत्व गर्न सक्ने क्षमता बिकासको अवसर प्रदान गर्नको लागि आग्रह गरे।नेपाल जेसिजको ४६ औ सम्मेल यहि पौष ९ देखि १२ गते सम्म चितवनको रत्नगरमा हुँदैछ।