खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



दिक्तेल–हलेसी सडक पाँच वर्षमा कालोपत्रे


 संवाददाता   December 11, 2019   256 जनाले पढ़िसके




खोटाङको दिक्तेल–हलेसी सडक कालोपत्र गरिएको छ । मध्यपहाडी लोकमार्गमा पर्ने ३६ किलोमिटर सडक कालोपत्रे भएको हो । विस २०७१ साल जेठबाट सुरु भएको सडक तोकिएको मिति भन्दा दुई वर्षपछि निर्माण दुई वर्ष ढिलो निर्माण भएको हो
एसियाली विकास बैङ्क (एडिबि)को आर्थिक सहयोगमा दिक्तेलबजारस्थित रत्नपार्कदेखि त्रिधार्मीक स्थल हलेसीसम्मको ३६ किलोमीटर सडक ४६ करोड ८९ लाख ९२ हजार २२७ रुपैयाँ लागतमा निर्माण भएको हो ।
सडक साँढे छ मीटर फराकिलो छ । दिक्तेल–हलेसी सडकमा साँढे पाँच मीटर चौडाई कालोपत्र गरिएको आयोजना प्रमुख विजयकुमार थापाले बताए ।
तीन भागमा विभाजन गरेर कालोपत्र गरिएको उक्त दिक्तेल–हलेसी सडक खण्डको हलेसीदेखि विजुलेसम्मको १२ किलोमीटर १५ करोड ५२ लाख ५१ हजार ६९६ रुपैयाँ ७५ पैसा, विजुलेदेखि हुर्लुङसम्मको १२ किलोमिटर १५ करोड ८९ लाख ३४ हजार ५५२ रुपैयाँ ०७ पैसा र हुर्लुङदेखि दिक्तेलसम्म १२ किलोमीटर १५ करोड ४८ लाख पाँच हजार ९७८ रुपैयाँ ३० पैसामा निर्माण भएको हो ।