खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



नेपाल अनुष्का मिस वर्ल्डको टप ४० मा


 संवाददाता   December 11, 2019   419 जनाले पढ़िसके




मिस नेपाल अनुष्का श्रेष्ठ ‘मिस वर्ल्ड प्रतियोगिता’ अन्तर्गत ’हेड टु हेड’ च्यालेन्ज राउन्ड टु जितेर टप ४० मा पर्न सफल भएकी छन् । उनको मिस इन्डोनेसियासँग टक्कर परेको थियो ।
अनलाइन मत र खरो सवाल जवाफका आधारमा उनी टप ४० मा परेकी हुन् । उनले भनिन् ’म प्रतियोगिताको एउटा खुड्किलो पार गरेकोमा ज्यादै खुशी छु’ । यस बाहेक उनी ’ब्युटी वीथ अ परपोज’ को टप १० मा पनि परेकी छन् ।
विश्व सुन्दरीहरुमाझ हिजो साँझ लन्डन ओटु इन्डिगोमा भएको ’ब्युटी वीथ अ परपोज च्यारिटी डिनर’ मा सो घोषणा गरिएको हो । आउँदो साता १४ तारिख लन्डन एक्सेलमा हुने ६९ औँ ‘मिस वर्ल्ड प्रतियोगिता’ मा प्रतिष्पर्धा गर्न १ सय २५ देशका सुन्दरी लण्डन आएका छन् ।
अनुष्काले अब मल्टिमिडिया अवार्डका लागि पनि मत दिन सबैमा अफिल गरेकी छन् । अत्यधिक मत भए उनले मल्टिमिडिया अवार्ड जित्नेछिन् । मिस वर्ल्डका लागि भोटिङ जारी छ ।