खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



ताप्लेजुङमा २१ वटा मानवअधिकार उल्लङ्घनका घटना


 संवाददाता   December 11, 2019   225 जनाले पढ़िसके




ताप्लेजुङमा गतवर्ष २१ वटा मानवअधिकार उल्लङ्घनका घटना भएका छन् । अनौपचारिक सेवा केन्द्र इन्सेकले सार्वजनिक गरेको सन् २०१९ को जनवरीदेखि हालसम्मको तथ्याङ्क सार्वजनिक गरेको हो ।
इन्सेक ताप्लेजुङका प्रतिनिधि देवराज गुरुङले मङ्गलबार तथ्याङ्क सार्वजनिक गर्दै जिल्लामा मानवअधिकार उल्लङ्घनका घटना बढ्दै गएकोमा चिन्ता व्यक्त गरे ।
उनका अनुसार यो अवधिमा सबैभन्दा बढी करणीका घटना भएका छन् । ५ वर्षदेखि १७ वर्ष उमेरका ९ जनामाथि बलात्कार, ११ वर्षदेखि १४ वर्षका ३ जनामाथि बलात्कार प्रयास र २२ वर्षदेखि ५२ वर्ष उमेरका ३ जनामाथि बलात्कार प्रयासका घटना भए ।
यसबाहेक हत्या, बहुविवाह, लैङ्गिक हिंसा (महिला हिंसा, घरेलु हिंसा, वालविवाह) लगायतका घटना पनि भएको गुरुङले बताए । बलात्कारीको निशानामा बालिका बढी परेको समेत प्रतिवेदनमा जनाइएको छ । त्यस्तै जिल्ला कारागारका कैदीले कोचाकोच बस्नुपरेको, हिरासतमा रहेकासँग मातृभाषामा कुरा गर्न बन्देज लगाइएको जस्ता विषय पनि उठेको थियो ।
यस्तै लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान मङ्गलबार फुङ्लिङ नगरपालिकाले उद्योग वाणिज्य सङ्घमा एक कार्यक्रम गरी समापन गरेको हो । अभियानभर नगरपालिकाले ११ वटै वडामा चेतनामूलक कार्यक्रम गरेको थियो ।
कार्यक्रमभर स्थानीय नागरिकसँग भेटेर प्रत्यक्षरूपमा कुरा गरिएको र समस्या सुनेको संयोजक नेता सिवाले बताइन् । कार्यक्रममा स्थानीयको उल्लेख्य सहभागिता रहेको फुङ्लिङ नगरपालिका–५ का वडाध्यक्ष भीमा ओझाले बताइन् ।
फुङ्लिङ नगरपालिकाका मेयर छत्रपति प्याकुरेलले लैङ्गिक हिंसा न्यूनीकरण र मानवअधिकारको रक्षाका लागि नगर सरकार गम्भीर रहेको बताए । प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले कारागारको भवन निर्माणका लागि प्रक्रिया थाल्ने बताए
ब्लाष्टखबर

७१औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा लेटाङमा नगरपरिक्रमा सहित विभिन्न कार्यक्रम सम्पन्न (फोटो फिचर)