खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



पथरीशनिश्चरेमा पनि लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान सम्पन्न


 संवाददाता   December 10, 2019   379 जनाले पढ़िसके




 

 

 

 

पथरीशनिश्चरेमा पनि लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान सम्पन्न

 

२४,मङ्गसिर,पथरीशनिश्चरे,

एलिना दियाली,

पथरीशनिश्चरे नगरपालिकाको. लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान कार्यक्रम मङ्गलबार सम्पन्न भएको छ । प्रदेश नम्वर—१ का आन्तरीक मामिला तथा कानुन मन्त्री हिक्मत कुमार कार्कीको प्रमुख आतित्थयताममा कार्यक्रम सम्पन्न भएको हो ।कार्यक्रमलाई सम्बोधन गर्दैमन्त्री कार्कीले लैङ्गिक हिंसा साथै लागुपदार्थ दुव्र्यसनीलाई अन्त्य गर्न लागि परिरहेको बताए । पथरी शनिश्चरे नगरपालिका, शरणार्थी सम्वन्धि राष्ट्संघीय उच्चयोग (यूएनएचसीआर) र लुथरन विश्व फेडेरेशन ( एलडब्लुएफ) द्धारा आयोजना भएको कार्यक्रममा विभिन्न राजनीति दलका प्रतिनीधि,उधोगी तथा व्यवसायी,समाजसेवी,जनप्रतिनीधि,महिला अधिकारकर्मी एव्म नगरका संस्थागत तथा सामुदायिक विद्यालयका शिक्षक साथै विद्यार्थीको उल्लेख्य रुपमा सहभागिता रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख दिलिपकुमार राई,उपप्रमुख यमुना विष्ट वास्तोला लगायतका वत्ताले सबै मिलेर अघि बढेमात्र लैङ्गिक साथै सम्पुर्ण प्रकारका हिंसाको अन्त्य भई समतामुलक समाजको निमार्ण हुने कुरालाई जोड दिए । सो कार्यक्रममा लैङ्गिक हिंसा बिरुद्धको जनचेतनामुलक नाटक कच्चहरीको मञ्चन गरिएको थियो ।त्यस्तै गरि विद्यालय स्तरीय कविता,म्युजिकल चिर्यस र हण्डिफोर प्रतियोगिता समेत सम्पन्न भएको छ । कविता प्रतियोगितामा खुलातर्फ वालकृष्ण अधिकारी प्रथम, प्रेमकला ढुंगाना द्धितीय तथा विद्यालयस्तरतर्फ रेडस्टार बोर्डिंगका त्रियुगा लिम्बू पुरस्कृत भएकी छिन् । म्यूजिकल चियर्सतर्फ एभरेष्ट बोर्डिङका एल्सन राई, कृतिका खनाल र लक्ष्मी पाठक क्रमशः प्रथम, द्वितीय र तृतीय वनेका छन् । हण्डिफोरतर्फ एभरेष्ट बोर्डिङकै दिपेश खनाल, सन्दिप राई र विशाल मोक्तान क्रमशः प्रथम, द्वितीय र तृतीय भएका छन् ।यस वर्षको लैङ्गिक हिंसा बिरुद्धको नार्रा समानताको पुस्ताःबलात्कार बिरुद्धको ऐक्यवद्धता’ रहेको थियो ।