खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



कानुन बनाएर मात्रै हिंसाको अन्त्य हुँदैन, मन्त्री कार्की


 संवाददाता   December 10, 2019   389 जनाले पढ़िसके




कानुन बनाएर मात्र हिंसाको अन्त्य हुँदैनः मन्त्रि कार्की
२४,मङ्गसिर,पथरीशनिश्चरे

एलिना दियाली
प्रदेश नम्बर एकका आन्तिरिक मामिला तथा कानुन मन्त्रि हिक्मत कुमार कार्कीले कानुन बनाएर मात्र हिंसाको अन्त्य नहुने बताएका छन् ।
पथरीशनिश्चरे नगरपालिकाको महिला हिंसा बिरुद्धको १६ दिने अभियानको समापन कार्यक्रमलाई मङ्गलबार सम्बोधन गर्दै मन्त्रि कार्कीले यस्तो बताएका हुन ।उनले कानुन बनाए सँगै त्यसको प्रभावकारी कार्यान्वयन गर्न सके मात्र हिंसाको अन्त्य हुने कुरालाई जोड दिए।
अन्तराष्ट्रिय मानव अधिकार दिवस शुभकामना दिदँै उनले समाजमा हिंसात्मक गतिवीधि गर्ने व्यक्तीलाई सामाजिक बहिष्कार गर्नको लागि जनसमुदायलाई आग्रह गरे ।
महिलाले नेतृत्व गरेको संस्थाहरु तथा व्यवसायहरु सफल भएको उदाहरण प्रस्तुत गर्दै मन्त्रि कार्कीले महिला पुरुष मिलेर मात्र देश विकास हुने प्रष्ट पारेका छन् ।
मन्त्रि कार्कीले प्रदेश सरकार लैङ्गिक हिंसा तथा लागुपदार्थ दुव्र्यसनको अन्त्य गरि शान्त समतामुलक समाजको निमार्णमा कार्यमा रहेको बताउँदै प्रदेशको संस्थागत तथा सामुदायिक विध्यालयका माध्यमिक तहर्मा म अघि बढ्छु’कार्यक्रम सगरमाथा टिन्स क्लब गठन गरि भईरहेको बताए ।
कार्यक्रमको प्रमुख अतिथी समेत रहेका मन्त्रि कार्कीले पथरीशनिश्चरेमा रहेको सुकुम्बासी समस्या समाधान गर्न प्रदेश सरकारले कार्य गरि रहेको कुरालाई दोहो¥याएका छन् ।
साथै उनले मोरङ्गको पथरीशनिश्चरेमा बन्ने भनिएको अन्तराष्ट्रिय जातिय सङ्गग्राहालयको लागि बजेट विनियोजन गरिएको र अब चाँडै नै विस्तृत प्रतिवेदन अध्ययन –डिपिआर बनाएर काम सुरु हुने कुरा बताए ।
मन्त्रि कार्कीले नेपाल कमन्युष्ट पार्टी(नेकपा)का नेता तथा कार्यकर्तालाई जनताको हित हुने गरि,जनताले अनुभब गर्ने गरि साथै जनताको समस्यालाई बुझेर दलगत स्वार्थलाई त्यागि ईमान्दारीपुर्वक कार्य गर्न आग्रह गरे ।
फरक प्रसङ्गमा बोल्दै मन्त्रि कार्कीले नेपालमा वर्तमान अवस्थामा भएको प्याजको अभावलाई पुर्ति गर्न सबैले आफ्नो बारि तथा घरको छतमा प्याज रोपेमा सजह हुने बताए !