खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।



७१औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा लेटाङमा नगरपरिक्रमा सहित विभिन्न कार्यक्रम सम्पन्न (फोटो फिचर)


 संवाददाता   December 10, 2019   325 जनाले पढ़िसके





राजकुमारी तामाङ
विश्वव्यापी मानव अधिकारहरूको घोषणा भएको संस्मरण गर्दै आज ७१औं विश्व मावअधिकार दिवस देश भरमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ ।
मानव अधिकारको विश्वव्यापी घोषणापत्र जारी भएको दिन अर्थात सन् १९४८ डिसेम्बर १० लाइ आधार मानेर यो दिवस हरेक वर्ष मनाउने गरिन्छ तर नेपालमा भने वि.सं.२०७४ देखि मात्र यसको थालनी भएको हो ।

यसै अवसरमा मोरङको सुन्दर नगरि लेटाङ नगरपालिका विभिन्न कार्यक्रमको आयोजना गरी मनाईएको छ । कार्यक्रममा लेटाङ नगरपालिकाका पदाधिकारी,विभिन्न सरकारी तथा गैर सरकारी संस्था,उधोग वाणिज्य संघ लेटाङ,विभिन्न जातिय संगठन, सरकारी तथा निजी विध्यालयका विध्यार्थी सहित शिक्षक तथा मानव अधिकारवादी विभिन्न संगठनहरुले शान्ति ¥याली सहित नगरपरिक्रमा गरेको छ ।

साथै सोही अवसरमा हस्ताक्षर संकलन तथा जनचेतनामुलक नाटक पनि प्रस्तुत गरिएको थियो । सि.डि.एफ नेपाल,हर्डन,ओरेक र लेटाङ नगरपालिकाको संयुक्त आयोजनामा सम्पन्न भएको हो  ।