खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



हिन्दु राष्ट्रबारेमा जनमत संग्रह गर्नुपर्ने महामन्त्री कोइरालाको भनाई


 संवाददाता   December 10, 2019   395 जनाले पढ़िसके




नेपाली काङ्ग्रेसका महामन्त्री डा.शशाङ्क कोइरालाले हिन्दू राष्ट्रका विषयमा जनमत सङ्ग्रह गर्नु पर्ने बताएका छन्। धर्मलाई लिएर मुलुकमा बिरोधका स्वरहरू उठ्न थालेकाले धार्मिक स्वतन्त्रताका विषयमा जनमत संग्रहलेृ मात्रै अन्तिम निष्कर्ष निकाल्ने उनले बताएका छन्।
मोरङको पथरीशनिश्चरेमा जीपी कोइराला अध्ययन केन्द्र मोरङले सोमबार गरेको संविधान कार्यान्वयनमा काङ्ग्रेसको भूमिका विषय कार्यक्रममा बोल्दै उनले यस्तो कुरा बताएका हुन्।
कोइरालाले काङ्ग्रेस भित्रको आन्तरिक तिक्तताले पार्टी कमजोर भएको बताउँदै आन्तरिक समस्या समाधान भए पार्टी बलियो हुने उल्लेख गरेका छन् ।