खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



लियोदारा क्यान्सर रोगिलाई आर्थिक सहयोग,


 संवाददाता   December 9, 2019   742 जनाले पढ़िसके




लियोदारा क्यान्सर रोगिलाई आर्थिक सहयोग,

एलिना दियाली,

लियो क्लब अफ पथरीले क्यान्सर रोगी पथरीशनिश्चरे-८ निवासी मेनुका बुढाथोकीलाई आर्थिक सहयोग गरेको छ।मानबताको सेवा नै जीवन को सर्बोतम कार्य भन्ने कुरालाई आत्मसात गर्दै विभिन्न सामाजिक कार्य गर्दै अघि बढेको क्लबले चिया कार्यक्रम गरेर संकलन गरेको रकम रु१५५४५/- रुपैयाँ बिरामिको आफन्तलाई हस्तान्तरण गरेको छ ।बिरामी मेनुकाको अहिले ललितपुर को हरिशिधी क्यान्सर अस्पताल मा उपचार भैईरहेको छ।आर्थिक अभावले गर्दा उपचारमा समस्या भएकोले उनले सबैलाई आर्थिक सहयोग लागि अपिल गरेकी छन् ।उनले भावुक हुँदै भनिन मेरो काखमा छ महिना को नानी छ म मृत्यु सङ लडाइँ गरिहरहेको छु मलाई आशा छ तपाईंको सहयोग ले मेरो जिवनले नयाँ जीवन प्रप्त गर्ने छ।लायन्स क्लब अफ पथरीशनिश्चरे कि कोषाध्यक्ष जानुका भणडारि लगायत लियो क्लब अफ पथरीका लियोहरुको सकृयतामा सङकलन भएको रकम शनिबार हस्तान्तरण गरिएको छ।