खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



सृजङघा स्मृति रनिङ कपको उद्घाटन खेलमा बहुमुखी र एभरेष्ट दोश्रो चरणमा प्रवेश,


 संवाददाता   December 9, 2019   556 जनाले पढ़िसके




एलिना दियाली,
लिम्बुहरुको महान पर्व उधौलिको अवसरमा मोरङ्को पथरीशनिश्चरेमा सृजङ्घा स्मृति रनिङ कप भलिबल खुल्ला प्रतियोगिता सोमबार बाट सुरु भएको छ।सृजङगा धार्मिक बनमा भएको उद्घाटन खेलमा पुरुष भलिबल तर्फ एभरेष्ट आवासिय माध्यमिक बिध्यालय र कालिकोशी कानेपोखरी बिच खेल भएको थियो । एभरेष्ट ले २५-१२,र २५-१४ को सोझो सेटमा कालिकोशीलाई पाखा लगाउदै दोस्रो चरणको स्थान पक्का गरेको छ।त्यस्तै गरि सोमबार नै सुरु भएको महिला भलिबल तर्फ पथरी बहुमुखी र आयोजक सृजङगा बिच खेल भएको थियो।पथरी बहुमुखिले २५-१५,२५-१५ को सोझो सेटमा आयोजक सृजङ्गालाई पाखा लगाउदै दोश्रो चरणमा प्रवेश गरेको छ।पुरुष तर्फको भलिबल प्रतियोगितामा एभरेष्ट,कालिकोशी,आर्मी,क्याम्पा,पथरी बहुमुखी,रानी,कुशल युवा,काङ्भा,र आयोजक सृजङघा युवा क्लब सहित प्रदेश एकका नौ वटा िटमकाे सहभागिता रहेको छ ।पुरुष तर्फको बिजेता हुने िटमले नगद ५५ हजार साथै उपबिजेता हुने िटमले नगत ३५ हजार सहित ट्रफि,मेडल र प्रमाणपत्र पत्र प्राप्त गर्ने किराँत याक्थुङ चुम्लुङ नगर कार्य समिती सचिब बिक्रम लिम्बुले बताए।प्रत्येक बर्ष उभौलिको अवसरमा हुँदै आएको खेलमा पुरुषतर्फको दोश्रो पुरस्कारको प्रायोजन पथरीशनिश्चरे नगरपालिकाले गरेको छ ।तीन दिन सम्म चल्ने प्रतियोगितामा महिला तर्फ रेड स्टार,दिप ज्योति,पथरी बहुमुखी,भोजपुर ,एभरेष्ट साथै आयोजक सृजङघा युवा क्लब गरि ६ वटा िटमकाे सहभागीता रहेको छ।महिला तर्फको प्रथम हुने िटम ले नगद ३५ हजार साथै ट्रफि,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ।प्रथम पुरस्कार राशीको पर्शुराम कार्किले प्रायोजन गरेकाछ्न।त्यस्तै गरि दोश्रो पुरस्कारको राशी कोपिला श्रेङ्चोङ्बाङले प्रायोजन गरेकिछ्न।२६ गते सम्म लाग्ने मेलामा लिम्बुहरुको एेतिहािसक खेलहरु खेलाईने आयोजक बताएको छ।२५ गते सो लिम्बु समुदायको ऐतिहासिक खेल पक्लुङ लेप्मा (छेलो), हप्रिङ लक्मा (लङ जम्प),लि–तोङ आप्मा (धनु हान्ने) लगायतका कार्यक्रम तथा २६ गते उद्यौलि पुजाको साथै अक्षेता र फुलपाति वितरण गरिने कार्यक्रम रहेको आयोजकले जानकारी दिएको छ ।तस्तै गरि २६ गते हुने समापन तथा पुरस्कार वितरण कार्यक्रमलाई प्रदेश एकका आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्र बहादुर लिम्बू (मौसम)ले सम्बोधन गर्नेछन। सोही दिन किरात याक्थुङ चुम्लुङ र सृजङ्घा धार्मिक बनको संयुक्त आयोजनामा भएको मेलामा स्थानिय कलाकारका साथै राष्ट्रिय कलाकार तारा प्रकाश लिम्बूको बेजोड साङिगितिक प्रस्तुतिसमेत रहनेछ । सम्पूर्ण कार्यक्रमहरु सिरिजंगा स्मृति धार्मिक वन क्षेत्रमा हुने आयोजकले जनाएको छ ।