खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



जोखिम मोल्दै सवारी


 संवाददाता   December 6, 2019   269 जनाले पढ़िसके




पाँचथरको कुम्मायक गाउँपालिका र फाल्गुनन्द गाउँपालिका–७ को देउराली भीरमा सवारी साधनले जोखिम मोलेरै यात्रा गरिरहेका छन् ।
साँघुरो र भिरालो सडकका कारण सवारी साधनले जोखिम मोल्नु परेको चालकहरूको गुनासो छ । २०७५ सालमा डेनमार्क सरकारको सहयोगमा उन्नति परियोजनाले सडक स्तरोन्नति गरेको थियो । चट्टान र ठुलो भीरमाथिबाट पहिरो झर्ने भएका कारणले सडकमा स्थानीयले जोखिम मोल्दै आएका छन् ।
सडकको भौगोलिक अवस्थाका कारण यात्रुमा पनि त्रास बढ्ने गरेको छ । सडक मुनिबाट लगाएको ग्याभिङ वाल पहिरोले बगाए पछि सवारी साधनले जोखिम मोल्दै आएका हुन् । उन्नति परियोजनाले यासोक उत्तरे सडक खण्डमा उपभोक्ता समितिमार्फत स्तरोन्नति गरेको थियो ।
१६ किलोमिटर सडकमध्ये जोखिम पूर्ण सडक दुवै स्थानीयतहले सोही स्थानलाई लिँदै आएका छन् । सडकमाथि ठुलो भीरसहितको चट्टान र सडक मुनि पनि ४ सयदेखि ५ सय मिटरसम्मको भीर भएकाले सडक चौडा गर्न समस्या भएको फाल्गुनन्द ६ का वडा अध्यक्ष नारायणप्रसाद आङ्देम्बेले बताए ।
लामो समयदेखिको समस्या समाधान गर्न करोडौं रुपैयाँ खर्च भइसकेको छ । सडक चौडा गर्ने क्रममा पटक पटक पहिरो झर्दा स्थानीयले समस्या भोग्दै आएका छन् ।
लामो दूरी र छोटो दूरीका सवारी साधनको लागि उक्त स्थानको यात्रा कठिन हुने गरेको छ । साना सवारी साधन साँघुरो सडकमा जोखिमपूर्ण रूपमा आवत जावत गर्दै आएका छन् । तर, ठुला सवारी साधनको लागि ठुलो जोखिम मोल्नु पर्ने गरेको उद्योग बाणिज्य सङ्घ शाखा यासोक अध्यक्ष मेघराज निरौलाले बताए । वर्षातको समयमा मालवाहक सवारी साधन झापा राँके फिदिम हुँदै यासोक पुग्ने गरेका छन् । ठुला सवारी साधनको लागि लामो दूरीको सडक घम्नुपर्ने बाध्यता छ । यासोक राँके ३२ किलोमिटर सडक छ । तर, अधिकांश सवारी साधन लामो दूरीको सडक पार गरेर कुम्मायक र फाल्गुनन्द गाउँपालिका पुग्ने गरेका छन् ।
यासोक उत्तरे सडक खण्ड स्तरोन्नतिको लागि ४ करोड रुपैयाँ खर्च भइसकेको छ । तर, सडकको अवस्था सुधार नहुँदा स्थानीयले लामो समयदेखि सास्ती भोग्दै आएका छन् । प्रदेश सरकारले उत्तरे यासोक सडकलाई क्रमश कालो पत्र्रे गर्ने बताउँदै आएको छ । राँके रवि सकड कालोपत्र्रेको काम अघि बढेको छ । सो सडकसँगै जोडिएको उत्तरे यासोक सडक १६ किलोमिटर छ । ब्लाष्ट खबर