खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



प्रधानमन्त्रीलाई डिस्चार्जको तयारी


 संवाददाता   December 5, 2019   181 जनाले पढ़िसके




प्रधानमन्त्री केपी शर्मा आज साँझ वा भोलिसम्मा डिस्चार्ज हुने भएका छन्। प्रधानमन्त्री ओली १० दिनदेखि महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचारत छन्।
ओलीको स्वास्थ्य अवस्था अपेक्षाअनुरूप सुधार भइरहेमा बिहीबार साँझ वा शुक्रबारसम्ममा डिस्चार्ज गर्ने सम्भावना रहेको चिकित्सकले बताएका छन्। प्रधानमन्त्रीको उपचारमा संलग्न चिकित्सक डा अरुण सायमीकाअनुसार प्रधानमन्त्रीको रगतलगायत विभिन्न परीक्षणको पछिल्लो रिपोर्ट आउन बाँकी छ।
रिपोर्ट हेरेर ओलीलाई आज साँझ वा भोलिसम्म डिस्चार्ज गरिने भएको हो। बिहीबार बिहान चिकित्सकहरुको बैठक बसी अहिलेजस्तै स्वास्थ्य सुधार भइरहेको खण्डमा साँझसम्म डिस्चार्ज दिन सकिने बैठकले निष्कर्ष निकालेको हो।
यही गतिमा स्वास्थ्यमा सुधार भयो र नयाँ समस्या देखिएन भने आजै साँझसम्म वा भोलिसम्ममा प्रधानमन्त्री बालुवाटार फर्किन सक्ने चिकित्सकहरूले बताएका छन्।यही मंसिर १० गते प्रधानमन्त्री ओलीको एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो।