खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



चिर्पटले प्रहार गरी भाइद्वारा दाजुको हत्या


 संवाददाता   December 5, 2019   306 जनाले पढ़िसके




भोजपुरमा चिर्पटले प्रहार गरी भाइले दाजुको हत्या गरेका छन् । भोजपुरको अरुण गाउँपालिका–६ धाउखानीका १८ वर्षीय डिकबहादुर राईलाई आफ्नै दाजुको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
मंसिर १६ गते मादक पदार्थ सेवन गरी दाजुभाइबीच सामान्य विवाद हुँदा रिसको आवेगमा भाइले दाजुलाई चिर्पटले टाउकोमा प्रहार गरेका थिए । घाईते भएका ४० वर्षीय सुवास राईको घरमै उपचारको क्रममा बुधवार दिउँसो १ बजे मृत्यु भएको थियो ।
घटनाबारे जानकारी पाएलगत्तै प्रहरीचौकी जरायोटारबाट खटिएको प्रहरी टोलीले घटनामा संग्लग्न राईलाई नियन्त्रणमा लिएको तथा अन्य थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।