खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



विराटनगर–पोखरा साताको तीनदिन सिधा उडान गरिने


 संवाददाता   December 5, 2019   450 जनाले पढ़िसके




बिहीबार १९, मङ्सिर २०७६
क्षेत्रीय उडान बिस्तारका रुपमा बिराटनगर–पोखराका लागि बुद्ध एयरले सिधा उडान गर्ने भएको छ ।
बुद्ध एयरले बिराटनगर र भद्रपुरबाट पोखराको लागि ट्रान्जीट उडान गर्ने जनाउँदै विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरेको हो ।
आगामी ३ फेब्रुअरी २०२० बाट सोमबार, बुधबार र शुक्रबार गरि एक सातामा तीन दिनको रुटमा उडान गरिने भएको छ । पोखराबाट पौने १२ बजे उड्ने जहाज विराटनगरबाट १ बजेर २० मिनेटमा पोखराका लागि उड्न गरी समय निर्धारण गरिएकाले भ्रमण वर्षको प्रारम्भमै हुने क्षेत्रीय उडानले आम यात्रुसँगै पर्यटकलाई समेत सुविधा पुग्ने अनुमान गरिएको छ ।
अब विराटनगरका यात्रु पोखरा जान काठमाडौं गईरहनु नपर्ने र पोखराका यात्रु पनि काठमाडौं नआइ सिधै विराटनगर आउन सक्ने भएका छन् । ३ महिनासम्म यात्रुको चापलाई ध्यानमा राखेर सिधा उडान गरिने बुद्ध एयरको तर्फबाट बिरेन्द्र बस्नेतले जानकारी दिए ।