खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



मनमोहन कलजद्धारा विश्वविद्यालयलाई दायित्व हस्तान्तरण गरिने


 संवाददाता   December 5, 2019   312 जनाले पढ़िसके




बिहीबार १९, मङ्सिर २०७६
मनमोहन कलेजको स्वामित्वमा रहेको सम्पती तथा स्वामित्व प्रदेश सरकारलाई हस्तान्तरण गरिने भएको छ ।
मनमोहन प्राविधिक विश्व विद्यायल ऐन २०७६ को दफा ५२ बमोजिम मनमोहन प्राविधिक विश्व विद्यालयलाई सम्पत्ति र दायित्व हस्तान्तरण गर्न लागिएको हो ।
बुढीगंगामा रहेको मनमोहन पोलिटेक्निकको सभाहलमा शुक्रबार मुख्य मन्त्री शेरधन राईको अध्यक्षता र संघीय सरकारका उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको प्रमुख आतिथ्यमा हुने कार्यक्रमका बिच सम्पती तथा दायित्व हस्तान्तरण हुन लागेको मनमोहन स्मृति प्रतिष्ठानका सदस्य सत्यनारायण चौधरीले जानकारी दिए ।
पोलिटेक्निक सिटिईभिटीको सम्बन्धनबाट संचालित हुँदै आएको उक्त पोलिटेक्निक कलेज विश्वविद्यालय भएसँगै प्राविधिक संकायका सबै पाठ्यक्रमहरुको पठनपाठन हुने भएको छ ।