खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।



जलवायु परिवर्तनको विषयमा सचेतना जगाउन पर्वतारोही, पुर्वमन्त्रीदेखि विद्यार्थीहरुसम्म मौन ब्रतमा


 संवाददाता   December 5, 2019   227 जनाले पढ़िसके




इटहरीका युवाहरु १२ घण्टाको लागि मौन ब्रत बसेका छन् । जलवायु परिवर्तनको विषयमा विश्वलाई सन्देश दिन इटहरीको पर्यटकीय क्षेत्र तालतलैयामा उनीहरु मौन बसेका हुन् ।
पूर्व कृषि राज्यमन्त्री रामकुमारी चौधरी, सगरमाथा आरोही मदन चुँडाल र शिव डाँगीलगायत ६० जना युवाहरु ‘बाह्र घन्टे मौन सन्देश विश्वलाई’ नाम दिएको कार्यक्रममा मौन बसेका हुन् ।
नेपाल सरकारले जलवायु परिवर्तनका मुद्दामा सगरमाथाको फेदी कालापत्थरमा बैठक बसेको १० वर्ष पुरा भएको अवसरमा कार्यक्रम गरिएको कार्यक्रम संयोजक सुरेश कार्कीले जानकारी दिएका छन् । बिहान ६ बजेबाट सुरु भएको मौन ब्रत साँझ ६ बजेसम्म हुने आयोजकले जानकारी दिएका छन् ।
मौनब्रत सुरु गर्नुअघि इटहरीको सङ्गीत चौकबाट तालतलैयासम्म ‘अपांगमैत्री इको रेस’ समेत गरिएको थियो । पैदलयात्रामा पूर्व भूमिसुधार मन्त्री रामकुमार सुब्बालगायतको उपस्थिती थियो । कार्यक्रममा सहभागि अपांगता भएका युवाहरुलाई उपमेयर लक्ष्मी गौतमले ह्वील चेयरमा डोर्याएकी थिइन् ।
२०६६ मङ्सिर १९ गते तत्कालीन माधव नेपाल नेतृत्वको सरकारले ५२४२ मिटरको उचाइमा कालापत्थर बैठक गरेको थियो । नेपालले मन्त्रीपरिषद् बैठक गरेको एक दशकपछि पुनः त्यी मुद्दा सम्झाउन मौन ब्रत कार्यक्रम गरिएको जनाइएको छ ।