खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



लैङ्गिक हिंसा बिरुद्धको कार्यक्रम


 संवाददाता   December 5, 2019   390 जनाले पढ़िसके




मोरङको पथरी शनिश्चरे नगरपालिकाले आज दोस्रो कार्यक्रमका रुपमा शनिश्चरेमा लैङ्गिक हिंसा विरुद्धको चेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रमकी प्रमुख अतिथि प्रदेश सदस्य यशोदा अधिकारीले लैङ्गिक हिंसा अन्त्य गर्न नारी र पुरुषको समान सहकार्य आवश्यक रहेको चर्चा गर्नुभयो । साथै उहाँले हिंसामा बढी मात्रामा महिला पिडीत भएकाले महिला अधिकारका लागि तिन तहका सरकारले कार्यक्रम ल्याउनु पर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा, पथरी शनिश्चरे नगर उपप्रमुख यमुना विष्ट वास्तोला, ४ नम्वर वडाध्यक्ष गोविन्दबहादुर भण्डारी, इलाका प्रहरी कार्यालय पथरीका डीएसपी लक्ष्मिराज अधिकारी, नगरको महिला तथा बालबालिका शाखा प्रमुख गीता काट्टेल सहितले लैङ्गिक हिंसा विरुद्ध सवै जुट्न आग्रह गर्नुभयो ।

सो अवसरमा भएको वडा नम्वर ४, ८ र ९ नम्वरका विद्यालयस्तरीय कविता प्रतियोगितामा वडा नम्वर ९ को मेरिगोल्ड मेमोरियल स्कुलकी एलिशा नेम्वाङ पहिलो वन्नुभयो । त्यसैगरी, मेरिगोल्डकै उत्सुक खरेल दोस्रो, सिंहबाहिनी माविकी लक्ष्मी राई तेस्रो र ग्रेट ग्रेस स्कृुलकी अमीक्षा बराल सान्त्वना वन्नु भयो ।

विद्यार्थीबीचकै म्यूजिकल चियर्समा मेरिगोल्डकी कुन्ता भण्डारी पहिलो, सिंहवाहिनीकी दुर्गा खत्री दोस्रो र सिंहवाहिनीकै दिलकुमारी खत्री तेस्रो हुनुभयो ।

हण्डीफोरमा भनें ग्रेट ग्रेस इंगलिस स्कुलका क्षितिज रम्तेल विजयी वन्नु भयो ।

सो अवसरमा, श्रीजगा आधारभूत विद्यालयका आकृति राउतको समूहलाई गायनमा र सीता आदर्श आधारभूत विद्यालयका बालबालिकालाई नृत्यमा सान्त्वना पुरस्कार प्रदान गरिएको छ ।

सोही कार्यक्रममा लायन्स क्लब अफ पथरी शनिश्चरेको डीजी सर्भिस सप्ताह अन्तर्गतको रक्तदानमा ७२ पिन्ट रगत संकलन भएको छ ।