खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।



लायन्स क्लब अफ पथरिशनिश्चरे द्वारा बृक्षरोपण कार्यक्रम सप्पन्न !


 संवाददाता   December 5, 2019   464 जनाले पढ़िसके




  • लायन्स क्लब अफ पथरिशनिश्चरेदारा बृक्षरोपण कार्यक्रम सप्पन्न !
    एलिना दियाली १९ मंसिर,पथरीशनिश्चरे लायब्स क्लब अफ पथरिशनिश्चरेले बिहीबार बृक्षरोपण कार्यक्रम सप्पन्न गरेको छ!क्लब ले िडजि सप्ताह अन्तर्गत आफ्नो छैटौं कार्यक्रमको रुपमा पथरीशनिश्चरे नगरपालिका ४ मा रहेको शनिश्चरे स्वास्थ्य चौकिको परिसरमा बृक्षरोपण कार्यक्रम गरेको हो।वातावरणको पर्यावरणलाई संरक्षण गर्ने मुल उदेश्यले रुद्राक्ष,धुपी र खैर जातको ६३ वटा बिरुवा रोपिएको क्लब कि अध्यक्ष लायन मन्जरी घिमिरेले बताईन!!त्यसै गरि बिहीवार नै क्लबले सातौ कार्यक्रम अन्तर्गत जालपा माध्यमिक बिधयालयका १०६ जना बिद्यार्थीको निशुल्क स्वास्थ परिक्षण कार्यक्रम पनि सम्पन गरेको छ।चिसो मौसम बढदै गएको ले बालबालिका को स्वास्थ्यमा पनि समस्या देखा पर्न सक्ने कुरालाई महशुस गरि सो बिध्यालयका १२ बर्ष सम्मका बालबालिकाको स्वास्थ परिक्षण गरिएको आयोजकले जनाएको छ!क्लब ले सप्ताह ब्यापी कार्यक्रम अन्तर्गत ट्राफिक सचेतना कार्यक्रम,वृद्ध सम्मान तथा खानपान,अपांग बालबालिकालाई खाद्यवस्तु वितरण,रक्तदान कार्यक्रम त्यस्तै गरि बालबालिका को निशुल्क स्वास्थ्य परिक्षण साथै एड्स सचेतन कार्यक्रम सम्पन्न गरि सकेको छ!!मंसिर १५ बाट सुरु भएको कार्यक्रम २१ गते सकिने अध्यक्ष घिमिरे ले बताईन!!