खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



सुन्दरहरैचाको मुस्लिम समुदाय नोबेल अस्पातलको प्राबिधिक सहयोगमा निशुल्क स्वास्थ्य शिबिर


 संवाददाता   December 4, 2019   279 जनाले पढ़िसके




सुन्दर हरैचा ९ स्थित मुस्लिम समुदायमा नोबेल अस्पातलको प्राबिधिक सहयोगमा निशुल्क स्वास्थ्य शिबिर सम्पन्न्न भएको छ । अन्तररास्ट्रिय लैङ्गिक हिंसा बिरुद्द सोर्ह दिने अभियान अन्तरगत सामुदायिक बिकास मन्च नेपाल र अन्तर धार्मिक शान्ती सन्जालले संयुक्त रुपमा आयोजना र युनाइटेट मिशन टु नेपालको साझेदारीमा सम्पन्न्न भएको थियो।
नोबेल अस्पातलको बार्ह जना विशेषज्ञ डाक्टरहरु द्वारा सेवा प्रदान गरिएको यस शिबिरमा हाड्जोर्नी , मानसिक तथा नशा रोग , छाला तथा यौन रोग , नाक , कान घाटी, जेनेरल मेडिसन तथा मुटु रोग , प्रसुती तथा स्त्री , बाल रोग , आँखा पारीक्षण तथा उपचार , दन्त सेवा र न्युरो सर्जरी लगायतको सेवा तीन सय दश जनालाई प्रदान गरिएको कार्यक्रम सम्योजक सबैत्रा सिवाकोटिले जानकारी दिनुभएको छ ।

स्थानिय मदरशाको शिक्षकहरु र अन्तर धार्मिक शान्ती युवा समुहको सदस्यहरुले स्वयमसेवकको भूमिका निभाएका थिए । यस् अघी पनि समुदायिक बिकास मन्च नेपाल र अन्तरधार्मिक शान्ती युवा समुहले बिभिन्न्न महिला हिंसा , बाल विवाह , दुर्व्यसनी जस्ता क्षेत्रमा काम गर्दै आएका छन ।