खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



लायन्स क्लब अफ पथरीशनिश्चरेको रत्तदान कार्यक्रमा ७२ पिन्ट रगत संकलन


 संवाददाता   December 4, 2019   330 जनाले पढ़िसके




लायन्स क्लब अफ पथरीशनिश्चरेको रत्तदान कार्यक्रमा ७२ पिन्ट रगत संकलन
एलिना दियाली
१८ मङ्गसिर,पथरीशनिश्चरे
लायन्स क्लब अफ पथरीशनिश्चरेको रत्तदान कार्यक्रमा ७२ पिन्ट रगर संकलन भएको छ ।
डिजी सर्भिस सप्ताह अन्तगर्त बुधबार चौथो कार्यक्रमको रुपमा पथरशिनिश्चरे नगरपालिका ४ शनिश्चरे बजारमा रत्तदान कार्यक्रम भएको थियो ।
नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा मोरङ्गको प्राविधिक सहयोगमा भएको कार्यक्रममा प्रदेश सासंद यशोधा अधिकारी को प्रमुख आतित्यथाता रहेको थियो ।
लायन्स क्लब अफ पथरीशनिश्चरेले गरेको कार्य सराहनीय रहेको प्रशंसा गर्दै क्लबलाई आवश्यक सहयोग गर्न प्रदेश सरकार सदैव तयार रहेको सासंद अधिकारीले बताईन ।
रुख नरहे हामी पनि रहन नसक्ने बताउँदै सप्ताहको छैटौं कार्यक्रम अन्तर्गत बिहबार शनिश्चरेको स्वास्थ्य चौकीमा वुक्षरोपण कार्यक्रम र सोहि दिन नै सातौँ कार्यक्रमको रुपमा सामुदायिक विद्यालयका बच्चाहरुको निशुल्क स्वास्थ्य परिक्षण कार्यक्रम रहेको क्लबकी अध्यक्ष लायन मञ्जरी घिमिरेले बताएकी छन् ।
।कार्यक्रममा नगर उपप्रमुख यमुना विष्ट वास्तोला,डिएसपी लक्ष्मि राज अधिकारी,जनप्रतिनीधि,सुरक्षाकर्मी साथै लायनका प्रतिनीधिहरुको उपस्थिती रहेको थियो । मङ्गसिर १५ बाट सुरु भएको सप्ताह व्यापी कार्यक्रम २१ गते सकिने छ ।
०००००००००००००००००००००