खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।



लायन्स क्लब अफ पथरीशनिश्चरेले ग¥यो एकै दिन दुई कार्यक्रम


 संवाददाता   December 3, 2019   588 जनाले पढ़िसके




लायन्स क्लब अफ पथरीशनिश्चरेले ग¥यो एकै दिन दुई कार्यक्रम
एलिना दियाली
१७ मङ्गसिर,पथरीशनिश्चरे
डिजी सर्भिस सप्ताह अन्तर्गत लायन्स क्लब अफ पथरीशनिश्चरे तेस्रो दिन मगंलबार एकै दिन दुई वटा कार्यक्रम सम्पन्न गरेको छ ।
तेस्रा दिनको पहिलो कार्यक्रम अन्तर्गत अन्तराष्ट्रिय अपाङ्गग दिवसको अवसरमा मोरङ्गको पथरीशनिश्चरे एकमा रहेको पञ्चायत माविका अपाङ्गग बिधार्थीलाई खाधान्न तथा स्टेसनरी बितरण गरेको हो।
बिधार्थीहरुको समस्यालाई मध्यनजर गरि थोरै भएपनि राहत पुगोस भन्ने उद्देश्यले पञ्चायत माविका प्रधानअध्यापकअर्जुन बुढाथोकीको प्रमुख आतित्यथतामा खाधान्न तथा स्टेसनरी वितरण गरेको क्लबकी अध्यक्ष लायन मञ्जरी घिमिरेले बताईन ।
त्यस्तै गरि आज नै सो क्लबले दोस्रो कार्यक्रमअन्तर्गत पथरीशनिश्चरे १० शिविर डाँडा मा रहेका बयो वृद्धाहरुलाई खाना तथा फलफुल वितरण गरेको छ । मानवताको सेवा नै जिवनको सर्वोतम कार्य रहेकोले वृद्धाहरुको सम्मानको लागि सो कार्यक्रम गरिएको अध्यक्ष घिमिरेले बताईन् ।
लायन्स क्लब अफ पथरीका जोन पर्सन लायन तुलसि ढकालको प्रमुख आतित्यथता तथा लायन प्रतिनीधिहरुको उपस्थितिमा शिविरका ३९ जना बयो वृद्धालाई खाना तथा फलफुल वितरण गरिएको हो ।
विशुद्ध रुपमा समाज सेवाको क्षेत्रमा काम गर्दै आएको लायन्स क्लब अफ पथरीशनिश्चरेले बुधबार शनिश्चरेमा रत्तदान कार्यक्रमको आयोजना गरेको क्लबले जनाएको छ ।