खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



उदयपुरगढी भ्रमणको निम्तो


 संवाददाता   December 3, 2019   162 जनाले पढ़िसके




पर्यटन वर्षलाई सार्थक बनाउन उदयपुरको उदयपुरगढी गाउँपालिकाले जिल्लामै पहिलो पटक अभियान सुरु गरेको छ । प्रदेश १ का पर्यटन प्रवर्द्धन समितिका सदस्य तथा स्थानीय बोधकुमार घिमिरेको नेतृत्वमा चार दिनअघि गाउँपालिकाको कार्यालयबाट निस्किएको टोलीले सबै स्थानीय तहका प्रमुख, उप(प्रमुखलाई भेटी भ्रमणका लागि औपचारिक निम्तो दिएको हो ।
पर्यटकीय क्षेत्रको नक्सा, व्यानर, प्रचार सामग्री र पर्यटकीय क्षेत्र समेटिएका किताब लिएर निम्तो बाँड्दै हिँडेको टोलीले सर्वसाधरणलाई समेत भेटी निम्तो बाँडेको टोलीका नेता घिमिरेले बताए ।
सरकारले सन् २०२० लाई पर्यटन वर्षको रुपमा मनाउने घोषणा गरेसँगै गाउँपालिकाको टोली जिल्लाका ८ वटा स्थानीय तहमा पुगि पर्यटकीय क्षेत्र उदयपुरगढीको अवलोकन गरिदिन आग्रह गरेको टोलीका अर्का सदस्य दिपक रोकाले बताए ।
नेपाली झण्डा मोटरसाइकलमा बाँधेर हिँडेको टोलीले सोमबार जिल्ला समन्वय समितिका प्रमुख खड्गबहादुर परियार, उपप्रमुख गंगा राई, अन्य सदस्य, त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरी, उपमेयर देवीकुमारी चौधरी, वडाध्यक्षलाई भेटेरै निम्तो दिए ।