खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



फाल्गुनन्द गाउँपालिका अध्यक्षमा नेकपाको जित


 संवाददाता   December 2, 2019   376 जनाले पढ़िसके




पाँचथरको फाल्गुनन्द गाउँपालिका अध्यक्षमा नेकपा उम्मेदवार बीरबहादुर कुरुम्वाङ विजयी भएका छन् । कुरुम्बाङ ८०६ मत अन्तरले गाउँपालिका अध्यक्षमा निर्वा्चित भएका हुन् ।
कुरुम्बाङले ५ हजार ३६९ र उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका वृजहाङ आङदेम्बेले ४ हजार ५६३ मत पाएका छन् ।
२०७४ सालको निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वा्चित गाउँपालिका अध्यक्ष अमरकुमार नेम्वाङको निधनपछि भएको उपनिर्वाचनमा नेकपा विजयी भएको हो । फाल्गुनन्द गाउँपालिकालाई कांग्रेसको गढ मानिन्थ्यो ।
उपनिर्वाचनमा समाजवादी पार्टीकी विमला आङदेम्बेले ३२०, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका जितेन चेम्जोङले २४०, राप्रपा (संयुक्त)का मोतिप्रसाद आङदेम्बेले ७५ मत र राप्रपाका सुसुहाङ चेम्जोङले २८ मत पाएका छन् । उपनिर्वाचनमा १७९ मत बदर भएको थियो ।