खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



नगरमा अघि बढ््दै प्रभातः२५ औँ रजत महोत्सब भव्यताका साथ सम्पन्न ग¥यो


 संवाददाता   November 30, 2019   280 जनाले पढ़िसके




 

एलिना दियाली

नगरमा साजिक क्षेत्रमा काम गर्दै अघि बढि रहेको प्रभात सामुदायिक युवा क्लबको २५ औँ रजत महोत्सब भव्यताका साथ बिहिबार सम्पन्न भएको छ ।

मोरङको पथरीशनिश्चरे नगरपालिका वडा नम्बर ८ मा रहेको सो क्लबले साता ब्यापी कार्यक्रमको आयोजना गरि रजत महोत्सब मनाएको हो ।

मङसिर ६ गतेबाट सुरु भएको महोत्सब बिहिबार ईमेज अवार्ड प्राप्त गायक गायक समिर वि.क.,नन्दु गुरुङ र स्थानिय कलाकारको बेजोड प्रस्तुती सँगै सम्पन्न भएको हो ।

बिपतमा पहिले विकासमा जहिले भन्ने मुल नारा लिएर सोहि अुरुप काम गर्दैै आएको सो क्लबले आफ्नो २५ औँ बर्ष गाँठको अवसरमा हाजिरी जवाफ प्रतियोगिता,रचना वाचन कार्यक्रम,हन्डि फुटाई प्रतियोगिता,तृष्ण बुद्धि परिक्षण,बात्ति कात्तने प्रतिष्पर्धा,रत्तदान कार्यक्रम गरेको सो ब्लकबा अध्यक्ष नबिनजङ कार्कीले बताए ।

त्यस्तै गरि दौड प्रतियोगिता ,स्लो बाईक,स्लो साईकल प्रतिष्पर्धा साथै नगरका सामुदायिक विद्यालमा हात धुने तालिम कार्यक्रम पनि सम्पन्न गरेको अध्यक्ष कार्कीले बताए । सो कार्यक्रमका प्रमुख अतिथी एवम् वडा नम्बर ८ का अध्यक्ष बाबुराम दाहालले समापन समारोहलाई सम्बोधन गर्दै क्लबलाई आवश्यक परेको सहयाग गर्न सदैव तयार रहेको बताए ।साता व्यापी रुपमा भएका कार्यक्रमका बिजयीलाई नगद तथा मेडल र प्रमाण पत्रले सम्मान गरिएको थियो ।पुरस्कार वितरण सँगै क्लबका अध्यक्ष कार्की ले क्ल्बले एम्बुलेन्स सञ्चालन गर्ने,बडा दशैको अवसरमा प्रथम प्रभात गोल्डकप आयोजना गर्ने,जिम हलको लाग पहल गर्ने जस्ता क्लबको त्रिवर्षिय योजना प्रस्तुत गरेका थिए ।