खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



सिन्धुपाल्चोकको इन्द्रावती–८ मा उत्साहजनक मतदान जारी


 संवाददाता   November 30, 2019   234 जनाले पढ़िसके




सिन्धुपाल्चोकको इन्द्रावती ८ मा उत्साहजनक रुपमा मतदान जारी रहेको छ। अहिलेसम्म करिब ४ सय मत खसेको छ। शान्तिपूर्ण रुपमा मतदान जारी रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी माधव काफ्लेले जानकारी दिए। सो वडामा १४ सय ७ मतदाता रहेको छन्।
वडाध्यक्ष धनबहादुर श्रेष्ठको मृत्यु भएपछि अहिले उपनिर्वाचन भएको हो। वडाध्यक्षको उम्मेदवारमा नेकपाले केदारनाथ आचार्य, नेपाली कांग्रेसले अशोक तामाङ, राप्रपा संयुक्तबाट ढकबहादुर तामाङ, राप्रपा नेपाल रणबहादुर तामाङ उम्मेदवार छन्।