खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



लागूऔषध कारोबारी सार्वजनिक


 संवाददाता   November 30, 2019   312 जनाले पढ़िसके




झापाको दमक तथा गौरादहमा लागूऔषधसहित पक्राउ परेका व्यक्तिहरूलाई प्रहरीले बिहीबार दमकमा सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय दमकले संयुक्तरूपमा पत्रकार सम्मेलन गरी बरामद लागूऔषधसहित उनीहरूलाई सार्वजनिक गरेको हो ।
कात्तिक २५ गते गौरादह–३ बाट ३२ वर्षीय सुनिल बरालको साथबाट ३ सय ५२ दशमलव ३१ ग्राम खैरो हेरोइन बरामद गरेको दमक प्रहरी प्रमुख विजयराज पण्डितले बताए । सोही दिन दमक–४ को भान्जा होटलबाट पनि भारतीय नागरिक रिन्टु शेखबाट २ सय १७ ग्राम खैरो हेरोइन बरामद गरेको उनले जानकारी दिए ।
त्यस्तै पाउरोटीको प्याकेटभित्र लुकाई छिपाई राखेको डाइजेपाम, फेनारगनलगायतका लागूऔषधसहित दमक–१ का पुण्यबहादुर श्रेष्ठलाई पनि गत कार्तिक १३ गते पक्राउ गरेको प्रहरीले जनाएको छ । उनीहरूबाट बा.३ च ९२५५ नम्बरको कार, बा.८१ प ६२४० नम्बरको स्कुटर, मोबाइल सेट तथा नगदसमेत बरामद गरेको प्रहरीले जनाएको छ ।