खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



बिराटनगरमा नयाँ सभाहल निर्माण हुने,हलमा हेलिप्याड समेत हुने


 संवाददाता   November 30, 2019   242 जनाले पढ़िसके




विराटनगरमा व्यवस्थित सभाहलको अभाव भएको बेला नयाँ सभाहल निर्माण हुने भएको छ ।
विराटनगरको बैजनाथपुरमा अढाइ विघा क्षेत्रफलमा ८० करोडको लागतमा १७ सय क्षमताको चार तल्ले सभाहल निर्माण हुन लागेको हो ।
शहरी विकास मन्त्रालयको लगानीमा निर्माण गरिने सभाहल निर्माण हुन लागेको हो ।
उनले सभाहल निर्माणका लागि आवश्य बजेट विनियोजन भइ बहुवर्षीय आयोजनाको स्वीकृतिको चरणमा रहेको जानकारी दिए । भवनमा १५ सय क्षमताको ठूलो एउटा सभाहल साथै एकरएक सय क्षमताका दुई वटा सभाहल रहनेछन् ।
योजना अनूसार हेलिप्याडसहितको हुने सभाहलमा अन्डरग्राउण्डमा एकै पल्ट साढे २ सय कार पार्किङ्ग गर्न मिल्नेछ भने ५ सय बढी मोटरसाइकल पार्किङ्गको क्षमता रहनेछ ।